0
ने.क.पा (एमाले) वडा कमिटी पोखरा ५ ले वडाभित्र औद्योगिक संरचना अन्तर्गत ८ वटा टोल कमिटी गठन गर्ने निर्णय अनसार ४ वटा टोल कमिटी गठन गरेको छ । मालेपाटन जिरो किमी टोल कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दै पार्टीका राष्ट्रिय प्रतिनिधि परिषद्का पूर्व सदस्य क्या.लालकाजी गुरुङ्गले नेकपा एमालेको संगठनबलियो र प्रभावकारी बनाउन टोल कमिटी सकृय हुनुपर्ने बताए । अधिवेशनमा वडा कमिटी पोखरा ५ का अध्यक्ष विष्णुप्रसाद बरालले संविधान कार्यान्वयन र राष्ट्रिय स्वाधिनता बारे बोलेका थिए । टोल कमिटीमा अध्यक्ष दिया थापा, उपाध्यक्ष धर्मदत्त तिमिल्सिना, सचिवमा अनिता सुवेदी र उप–सचिवमा श्रीमाया थापा मगर निर्वाचित भएका छन् । त्यसैगरी मालेपाटन मनकामनाटोल कमिटीको प्रथम अधिवेशन उद्घाटन नेकपा एमाले क्षेत्रीय कमिटी अध्यक्ष धन बहादुर नेपालीले गरेका थिए । पूर्व वडा सचिव भीमनाथ खतिवडा लगायतले मन्तव्य राखेका थिए । अधिवेशनबाट अध्यक्ष डिल्लीराम बराल,उपाध्यक्ष माधव बराल, सचिव बासु पराजुली, उपसचिव शालिग्राम बराल निर्वाचित भएका छन् । त्यसैगरी गोलचौतारी टोल कमिटीको प्रथम अधिवेशन नेकपा एमाले जिल्ला कमिटीका पूर्व सदस्य शेखरनाथ अधिकारीले उद्घाटन गरे । कार्यक्रममा क्षेत्र नं.३ का स.स. पुष्पराज बराल, रामजी प्रसाद बराल लगायतले बोलेका थिए। अधिवेशनबाट महेश्वर बरालको अध्यक्षतामा नारायण भट्टराई उपाध्यक्ष, विजय सुवेदी सचिव र राजकुमार चौलागाई उपसचिवमा निर्वाचित भएका छन् । त्यसैगरी मालेपाटन टोल कमिटीको प्रथम अधिवेशनको उद्घाटन नेकपा एमाले क्षेत्रीय सदस्य उज्वल खत्रीले गर्दै पार्टी सशक्त हुन स्थानीय तहका कमिटी सुदृढ हुनुपर्ने बताए । क्षेत्रीय सदस्य वसन्त भण्डारी, शिव प्रसाद कोइराला, कृष्णमणि भुत्र्याल, सन्दीप कोइराला लगायतले शुभकामना मन्तव्य राखेका थिए । अधिवेशनले अध्यक्षमा चन्द्र प्रसाद बराल, उपाध्यक्षमा बसन्त श्रेष्ठ, सचिवमा ऋषिराम बराल, उपसचिवमा टेक बहादुर रसाइली निर्वाचित भएका छन् ।








Post a Comment

 
Top