0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस नगर वडा कार्य समिति लेखनाथ–१८ मा संविधान निर्माण पश्चात जनतालाई सुसुचित गराउनका लागि बृहत् कार्यकर्ता भेला, प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । वडा कार्य समिति १८ र नेपाली कांग्रेस लेखनाथ नगर समितिको संयुक्त आयोजनामा भरतपोखरीको वरपाण्डेथुममा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य एवं नेपाल ट्रेड युनियन कांग्रेसका बरिष्ठ केन्द्रिय उपाध्यक्ष रामजी कुँवरले संविधान निर्माण पश्चात् नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले यसका मूलभूत विषयमा चासो देखाउनु अत्यन्तै जायज भएको बताए । विभिन्न दलहरुको सहयोगमा नेपाली कांग्रेसको नेतृत्वमा संविधान निर्माण सम्पन्न भएको भएपनि वर्तमान सरकारले संविधान कार्यान्वयनको पक्षमा कुनै चासो नदिएकाले यसमा नेपाली कांग्रेसको पुनः अविभावकीय भूमिका आवश्यक भएको समेत उनले बताए । 
वडा सभापति दिनेश आचार्यको सभापतित्वमा भएको कार्यक्रममा व्यवस्थापिका संसदकी सदस्य बृन्दादेवी रानाले संविधानको कार्यान्वयनतर्फ अगाडि बढ्नुपर्ने वर्तमान अवस्थामा सरकार अनावश्यक रुपमा सक्ता टिकाउने स्वार्थी खेलमा लागेको आरोप लगाइन । कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शोभियत बहादुर अधिकारी, कास्की जिल्ला सचिव सुदिप मोहन भट्टराई, क्षेत्रीय सभापति बिजयराज आचार्य, महाधिवेशन प्रतिनिहरु विरेन्द्र नारायण बिजुक्छे, कोपिला रानाभाट, केशर निर्दोषी, जिल्ला सदस्य रामबाबु भण्डारी, प्रध्यापक बेदहरि तिमिल्सिना, नेविसंघ केन्द्रीय सदस्य गोविन्द लामिछाने लगायतले संविधान कार्यान्यवयनप्रति वर्तमान सरकारले गरेको भन्दै अब संविधान कार्यान्वयन र विकास निर्माणलाई सँगसँगै अगाडि बढानुपर्नेमा जोड दिएका थिए । यस्तै संविधान बनेपछि नेपाली कांग्रेसका कार्यकर्ताको भूमिका विषयको प्रशिक्षणमा प्रशिक्षक गजेन्द्र च्वाइँले संविधानको व्याख्या गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले निभाउनुपर्ने भूमिकाको चर्चा गरेका थिए । पार्टीका विभिन्न तहका नेताहरु, जिल्ला, क्षेत्र, नगर कार्यसमिति, छिमेकी नगर तथा वडाका सभापतिहरु, प्रध्यापक, शिक्षक लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रममा २८ जना नेता कार्यकर्ताले अन्य पार्टी परित्याग नेपाली कांग्रेसको सदस्यता लिएर पार्टी प्रवेश गरेका थिए ।  
यसैगरी लेखनाथ नगरकै १६ नम्बर वडामा पनि दर्जनौंको संख्यामा अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरको समेत पार्टी सभापति रामचन्द्र पौडेलले जानकारी दिए ।










Post a Comment

 
Top