0
कास्कीका सामुदायिक विद्यालयको भौतिक निर्माण र सुधारका लागि शिक्षा विभागले २४ करोड ९ लाख रुपैयाँ बजेट निकासा गरेको छ । निकासा गरिएको रकम सम्बन्धित विद्याललाई पठाईसकिए को जिल्ला शिक्षा कार्यालय कास्कीले जनाएको छ । जिल्ला शिक्षा कार्यालय कास्कीले आठकोठे भवन निर्माणका लागि बहुवर्षीय योजना अन्तर्गत २४ लाख रुपियाँ निकासा गरिदिएको छ । चार वटा विद्यालय भवनलाई उक्त बजेट निकासा भएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताए । विद्यालयहरुले गरेको कामका आधारमा पहिलो किस्ता र दोस्रो किस्ताको समेत रकम निकासा गरिसकिएको जिल्ला शिक्षा कार्यालय कास्कीले जनाएको छ । विगतमा विद्यालयहरु लाई भौतिक निर्माणको लागि छुट्टाइएको र विद्यालय खातामा निकासा गरिएको रकम समयमा तोकिएको मापदण्ड तथा स्तर अनुसार कार्य गर्न नसक्नुले ठूलो परिणाममा बेरुज रहेको भन्दै उनले समयमै काम गर्न समेत आग्रह गरेको बताए । निकासा गरिएको रकम अनुसार छ कोठे भवन निर्माण गर्न चार विद्यालयलाई १८ लाखको दरले निकासा गरिएको छ । त्यस्तै चार कोठे भवन बनाउने बहुवर्षीय योजना अनुसार १४ वटा भवन बनाउन प्रति भवन १४ लाख रुपैयाँको दरबाट निकासा भएको छ । १६ विद्यालय भवनमा तीनकोठा र फर्निचरसहित व्यवस्था गर्न १९ लाख ५० हजारको दरले निकासा गरिएको उनले जानकारी दिए । ६ वटा विद्यालय भवनका चार कोठे बनाउन गत आर्थिक वर्षको क्रमागत अनुसार १४ लाख रुपैयाँ छुट्टाइएको छ । १३ वटा विद्यालय लाई छात्रा शौचालय बनाउन चार लाखको दरले निकासा गरिएको छ । भूकम्पीय क्षेत्रमा एक लाखको दरमा १५० कोठा निर्माण गरिने छ । भूकम्पीय रेक्टो फिटिङका लागि ४५ कोटाको लागि दुईलाख २५ हजारको दरले छुट्टाई पठाइसकिएको छ । १७४ कोठा (दुईकोठे भवन) सहित फर्निचर व्यवस्था गर्न प्रतिकोठा छ लाख ७५ हजार रुपैयाँ छुट्टाइएको छ । विद्यालयमा खानेपानी सुविधा उपलब्ध गराउनतर्फ पनि जिल्ला शिक्षा कार्यालय कास्कीले बजेट दिएको छ । शिक्षा विभागबाट प्राप्त बजेट अन्तर्गत दुईवटा विद्यालयलाई पाँचलाखको दरले खानेपानी व्यवस्था गर्न छुट्टाइएको छ । कक्षा कोठा पुनःव्यवस्थापन र फर्निचर सहित राख्न दश कोटालाई एक लाखको दरमा विनियोजन गरिएको छ । १४ वटा विद्यालयलाई शौचालय मर्मत तथा खानेपानीका लागि पाँचलाखको दरमा बजेट उपलब्ध गराईएको जिल्ला शिक्षा कार्यालय कास्कीले जनाएको छ ।
त्यसैगरी विद्यालय भूकम्पीय सुरक्षा क्षतिको आधारमा पाँच विद्यालयको लागि ३६ लाख २० हजार छुट्टाइएको जिशिअ शर्माले जानकारी दिए । स्रोत केन्द्र भवन बनाउन दुई कोटाको लागि दुई लाखको दरले उपलब्ध गराइएको छ । गत वर्षको वैशाख १२ गते र २९ गते गएको भूकम्पले कास्कीका विभिन्न गाविसमा अवस्थित सामुदायिक विद्यालय क्षतिग्रस्त भएका थिए । अस्थायी टहरामा कक्षाकोठा निर्माण गरी पठन–पाठन शुरु गरिएको थियो । एजेन्सी




Post a Comment

 
Top