0
गोल्डेन न्यूज संवाददाता
नेपाल पेट्रोलिय डिलर्स राष्ट्रिय एशोसिएशनमा नवनिर्वाचित पदाधिकारीहरुलाई मंगलबार पोखरामा बधाई तथा शुभकामना प्रदान गरिएको छ । गण्डकी तथा धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएशन पोखराले एक समारोह का बीच एशोसिएसनका द्वितीय उपाध्यक्षमा कपिल अधिकारी, सदस्य सुनिल गुरुङ र मनोनयन सदस्य राजन गंगजुलाई एक समारोहका बीच खादा तथा अविर लगायर ३ बर्षे कार्यकालको सफलताको शुभकामनासहित बधाई ज्ञापन गरिएको हो । एशोसिएशनका द्वितीय उपाध्यक्ष कपिल अधिकारीले ४ हजार लिटर पेट्रोलियम पदार्थको ट्याङ्कीमा एक सय लिटरसम्म कम पेट्रोलियम पदार्थ कम हुने गरेको दाबी गरे । एशोसिएसनका केन्द्रीय सदस्य तथा गण्डकी ट्याङ्कर व्यवसाय संघका अध्यक्ष सुनिल गुरुङले २०औं बर्ष देखिको आफूहरुको माग अब पनि पुरा नभए आफूहरु सशक्त आन्दोलनमा होमिने चेतावनी दिए। गण्डकी तथा धौलागिरी पेट्रोलियम डिलर्स एसोशिएसन पोखराका अध्यक्ष सुशिल गौचनले पछिल्लो ६ महिनादेखि भारतबाट आउने पेट्रोलियम पदार्थमा तोकिएको परिमाण भन्दा कम आउन थालेकोले यसमा आफूहरुको गम्भीर ध्यानआकर्षण भएको जनाए । त्यसैगरी एशोसिएशन गण्डकी तथा धौलागिरीका महासचिव तथा केन्द्रीय सदस्य राजन गांगजुले पछिल्लो क्रममा भारतीय आयल निगमले नेपालको नापतौललाई मान्यता नदिइ सहि ढंगले पेट्रोलियम पदार्थ नदिंदा व्यवसायहरु हाल निकै घाटामा व्यवसाय गर्न बाध्य भएको बताए । कार्यक्रममा उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले देशको असहज परिस्थितिमा कम दवाव दिएको कारणले गर्दा यस क्षेत्रमा थोरै मात्रमा पेट्रोलियम पदार्थ आयात भएको बताए । एशोसिएशन गण्डकी तथा धौलागिरीका निवर्तमान अध्यक्ष जगत बराल, सल्लाहकार रुद्र घले, व्यवसायी बाबुराम जमरकट्टेल लगायतले भारतीय आयल निगमले नेपाल आयल निगमको मापदण्ड अनुसार पेट्रोलिय पदार्थमा सहि परिमाण नदिएको कारण व्यवसायहरुलाई हाल धेरै मार परेकोले यथाशीघ्र नेपाल सरकारले कुटनीतिक पहल गरी नाप तौलमा एकरुपता ल्याउन व्यवसायीहरुले जोडदार माग गरेका छन् ।









Post a Comment

 
Top