0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका कानून, तथा संसदीय मामिलामन्त्री अग्नीप्रसाद खरेलले आगामी जेठ १५ सम्ममा सरकार परिवर्तनको कुरा नआउने बताएका छन् । प्रेस चौतारी कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खरेलले नेपाली काँँग्रेसको खेलमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल लागेपनि तत्काल विश्लेषण गरि सहि निर्णय लिन सकेको बताए । एमालेको वर्तमान सरकार पुनःनिर्माण लगायत आर्थिक विकासमा सक्षम रहेको भन्दै मन्त्री खरेलले विपक्षीहरुले २०५२ सालको जनमुखी सालको जस्तै बजेट ल्याउने र आफूहरुको राजनीति पछाडि पर्ने डरले यस्तो योजना बनाएको तर त्यो विफल हुने बताए । उनले अहिले आउने बजेट पनि जनमुखी हुने स्पष्ट पारे । सरकारले अहिले आवास नभएका गाउँहरुमा सामुदायिक रुपमा भवनहरु निर्माण गरिने र ती भवनहरु सर्वसाधरणका घर बनिसकेपछि सामाजिक कामको लागि प्रयोग गर्न मिल्ने खालका भवनहरु निर्माणको योजना सरकारले बनाएको खरेलले बताए । उनले राष्ट्रिय सहमति निर्माणमा सरकार प्रतिबद्ध रहेको समेत स्पष्ट पारे । राष्ट्रिय सहमति खुल्ला  र पारदर्शी हुनुपर्नेमा उनको जोड थियो । नेता खरेलले सरकार बनाउने र गिराउने खेल अहिलेलाई समाप्त भएको बताउँदै एमालेले नेपाली काँग्रेसको नेतृत्व स्वीकारिसकेकाले एकीकृत नेकपा माओवादीको नेतृत्व पनि स्वीकार्य कुनै अप्ठ्यारो नपर्ने बताए । उनले अहिले १३८ विषयमा कानुन बनाउन लागिएको जानकारी दिँदै सरकार संविधान कार्यान्वयनका दिशामा अघि बढिसकेको स्पष्ट पारे । यस्तै नेकपा एमाले कास्कीले पोखरामा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा पनि नेता खरेलले एमाले नेतृत्वको सरकारले जनपक्षीय बजेट ल्याउँछ भन्ने डरले प्रतिपक्षी पार्टी अत्तालिएर सरकार परिवर्तनको खेलमा लागेको आरोप लगाए । एकीकृत नेकपा माओवादीसँग बिहीबार राति भएको नौबुँदे समझदारीले सरकार ढाल्न प्रतिपक्षले गरेको योजना अहिलेलाई विफल भएको  र सङ्कट पनि टरेको बताए । जेठ १५ गतेभित्र सरकारले ल्याउने बजेट समाजवाद उन्मुख, सबै वर्ग, समुदाय र सामाजिक न्यायप्रति समर्पित हुने धारणा राख्दै मन्त्री खरेलले एक दिनभरि राष्ट्रिय राजनीतिलाई नै तरङ्गीत बनाउने खेलले गठबन्धनमा रहेका सबै राजनीतिक दललाई  चिन्तित बनाएको बताए । हिमाल, पहाड र तराईलाई छुट्याएर कुनै हालतमा प्रदेश बन्न नसक्ने बताउँदै उनले वार्ता र संवादबाटै मधेसवादी दलका समस्या समाधान गर्न सरकार दृढ रहेको स्पष्ट पारे । नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको सो भेटघाट कार्यक्रममा सचिव दामोदर वैरागीले पनि बोलेका थिए ।






Post a Comment

 
Top