0
गोल्डेन न्यूज संवाददाता
संयुक्त राष्ट्रिय जनआन्दोलन  सम्बद्ध २८ दल तथा विभिन्न मोर्चाहरुको आन्दोलन अन्तर्गत विहीवार पोखरामा बृहत् अन्तत्र्रिmयात्मक कार्यक्रम आयोजना ग¥यो । कार्यक्रमका वक्ताहरुले तमुवान प्राप्ति नहुञ्जेल आन्दोलन गर्नुपर्ने जोड दिंदै तत्काल संविधान पुर्नलेखन वा संशोधन गरी २६ बुँदे मागलाई सम्बोधन गर्न माग गरे । पहिचान र अधिकार  सुनिश्चितता नभएको संविधान स्वीकार नगर्ने उनीहरुको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले तमुवान सहितको पहिचान र अधिकार सुनिश्चितता भएको संविधान पुर्नलेखन नगरिए जबरजस्त जारी गरिएको जनैवादी संविधानको कुनै पनि हालतमा स्वीकार नगर्ने बताए । विगतमा बेग्ला बेग्लै मोर्चागत आन्दोलन गरिरहेको शक्तिहरु संघीय गठबन्धन निर्माण गरी २६ बुँदे माग सहित आन्दोलित छ, गठबन्धनको आन्दोलनलाई कमजोर ठान्नेहरु आफै समाप्त हुने चेतावनी दिए।  तमुवानका अगुवा गणेशमान गुरुङले संघीय गठबन्धन निर्माणका लागि तमुवानको महत्वपूर्ण भुमिका रहेको चर्चा गर्दै संविधान पुर्नलेखन गरी गठबन्धनको २६ बुँदे माग सम्बोधन गर्नुपर्ने बताए । उनले तमुवान प्राप्ति नहुञ्जेल अधिकार प्राप्ती नहुने भएकोले तमुवानका पुर्व सैनिकले अधिकारका लागि सिहंदरबारमा परेड खेल्ने उद्घोष गरे । उनले सरकार परिवर्तनको नाउँमा जोकरहरुले पालै–पालो शासन गर्ने षडयन्त्र भईरहेको बताए । तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले आदिवासी जनजातिका मुद्धा र अधिकारका लागि तमु धिं नेपाल जहिले पनि संघर्षरत रहेको बताउँदै जारी संविधान अपुर्ण रहेकाले तमु, आदिवासी जनजाति, दलित, महिला, पिछडा वर्गको पूर्ण अधिकारका लागि आन्दोलनमा जुट्नुपर्ने बताए । उनले अधिकार प्राप्तिका लागि काठमाडौं जाऔं अभियानमा सम्पुर्ण पहिचान, अधिकार पक्षधर जनताको सहभागिताका लागि आग्रह गरे । अधिकारको लागि लडौं, बोलौं, नसके लड्ने बोल्नेहरुलाई सहयोग गर्न अनुरोध गरे । पूर्व सैनिक तथा प्रहरी महासंघका केन्द्रीय उपाध्यक्ष क्याप्टेन मेकबहादुर गुरुङले फास्ट ट्राकमा नाउँमा केही नेता र पार्टीको स्वार्थमा जारी गरिएको संविधान आफूहरुलाई स्वीकार नभएको बताए ।  अखिल नेपाल आदिवासी जनजाति महासंघका नेता भिमबहादुर श्रीसले प्रतिगामी संविधान स्विकार गरेको दासत्व स्वीकार गर्नु हो भन्दै विगतदेखि अर्काका झोला बोकेका आदिवासी जनजातिहरु आफ्नो सुनिश्चितता का लागि आन्दोलित हुनुपर्ने बताए । दलित(शिल्पी) अधिकारकर्मी राम सिकेले जारी गरिएको संविधान ब्राम्हणबादलाई संरकत्व प्रदान गरिहेको आरोप लगाए । तामसालिङ आन्दोलनका सल्लाहकार धनप्रसाद तामाङले पहिचानको सुनिश्चितता, पुर्ण समानुपातिक प्रतिनिधीत्वको ग्यारेण्टी विना आदिवासी जनजातिले अधिकार प्राप्ति नगर्ने भएकाले आन्दोलित हुन आग्रह गरे । संघीय गठबन्धनमा आवद्ध संघीय समाजवादी फोरम कास्कीका अध्यक्ष दिपक तामाङको अध्यक्षतामा तमु धिं नेपालमा भएको कार्यक्रममा संघीय जनमुक्ति पार्टी कास्कीका उपाध्यक्ष केवी थापाले स्वागत र तमुवान संयुक्त संघर्ष समितिका सचिव गजेन्द्र लिम्बुले कार्यक्रम संचालन गरेका थिए । यसैवीच जेठ १ गते काठमाडौं जाऔं, सिंहदरबार घेरौं आन्दोलनमा सहभागी हुन तमुवानबाट एक सय बस काठमाडौं जाने तमुवान संयुक्त संघर्ष समितिले तयारी गरेको छ । अधिकारको आन्दोलनमा विभिन्न आन्दोलनरत मोर्चा, समुदाय, दलहरुलाई सिंहदरबार घेराउ कार्यक्रममा बृहत सहभागीता गराउने तयारीमा जुटेको बताइन्छ ।





Post a Comment

 
Top