0
कास्कीको कालिका गाउँस्थित जनज्योती उच्च माविमा ह्याप्पी पोखरा ग्रुपले सहयोग गरेको छ । ग्रुपका सदस्य तथा स्थानीय समाजसेवीको उपस्थितिमा उच्चमाविलाई एक थान पानी ट्याङकी उपलब्ध गराईएको हो । मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच ह्याप्पी पोखरा ग्रुपका सदस्य तथा युवा उद्यमी चन्द्र कुँवरले प्रधानाध्यापक माधवप्रसाद पौडेललाई पानी ट्याङकी हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै उद्यमी कुँवरले केहि समय अघि स्कुल अवलोकनका क्रममा विद्यार्थीहरुलाई पिउने पानीको समस्या देखेकाले पानी जम्मा गर्ने ट्याङकीको व्यवस्था गरेको बताए । पानी ट्याङकी नहुँदा विद्यार्थीहरुलाई सिधा धाराबाट पानी पिउनुपर्ने बाध्यता र पानी नआएको समयमा पिउने पानीकै सङ्कट पर्ने गरेको थियो । आफूले आजैन गरेको कमाईको केही अंश समासेवामा  खर्च गर्ने उद्देश्य अनुरुप नै दुई वर्षअघि ह्याप्पी पोखरा ग्रुप स्थापना गरेको बताउँदै कुँवरले आगामी दिनमा पनि कास्कीका विभिन्न सामुदायिक विद्यालयमा अभाव हुने भौतिक सामाग्री सहयोग गर्ने संस्थाको योजना सुनाए । संस्थामार्फत विद्यालयमा सहयोगको चाजोपाजो भने नेपाली कांग्रेसका कालिका सभापति भानुभक्त ढकालले मिलाएका थिए । सहयोग कार्यक्रममा बोल्दै ढकालले जनज्योतिमा जस्तै कास्कीका अन्य सामुदायिक विद्यालयमा पनि समस्या विद्यमान रहेकाले त्यसतर्फ दातृ संस्थाको ध्यान पुग्न जरुरी रहेको बताए । पानी ट्याङ्की सहयोग लिदै विद्यालयका प्राचार्य माधव प्रसाद पौडेलले विद्यालयमा रहेको एउटा मुख्य समस्या समाधानमा ह्याप्पी ग्रुपको सहयोगप्रति खुशी व्यक्त गरेका थिए । विद्यालयका सामुदायिक विद्यालयमा रहेका विद्यालयका लागि पानी ट्याङकी सहयोग गर्ने वातावरणको मध्यस्तता गरेका नेपाली कांग्रेस कालिकाका सभापति भानु ढकालले बताए ।




Post a Comment

 
Top