0
गोल्डेन न्यूज संवाददाता
गुरुङ फिल्म एशोसिएशन 
(जिफा) हङकङको आयोजनामा हुने जिफा नाइट २०१६ का लागि कलाकारको टोली पोखराबाट मंगलबार काठमाडांै प्रस्थान गरेको छ । टोलीमा गुरुङ फिल्म एशोसिएशन नेपालका प्रथम उपाध्यक्ष राजबहादुर गुरुङ, महासचिव प्रितम गुरुङ, महिला विभाग प्रमुख रसिला गुरुङ, सदस्य निस्ता गुरुङ रहेका छन् । यसैगरी पूर्व उपाध्यक्ष जसु गुरुङ, गीत संगीत विभाग प्रमुख नरजंग गुरुङ, नायक भिम गुरुङ, सोम गुरुङ, खेम गुरुङ, नायिका रजनी गुरुङ र अनु गुरुङ, कार्यसमिति सदस्य माया गुरुङ रहेको कार्यक्रमको साँस्कृतिक संयोजनको जिम्मा लिएर हङकङ जान लागेका मनोज गुरुङले जनाए । बैशाख २६ गते हङकङमा आयोजना हुने यस कार्यक्रमका लागि जिफानका अध्यक्ष वेदबहादुर गुरुङ श्यामल यस अघि नै हङकङ पुगिसकेका छन् । टोली बैशाख २३ गते हङ्कङ्का लागि उड्ने छ भने २९ गते पोखरा फर्कने कार्यक्रम तय भएको जिफानले जनाएको छ । हङकङमा हुने कार्यक्रममा फिल्म सँग सम्बन्धित गीती नाटक, पहिलो गुरुङ फिल्म पाते देखि हालसम्मको फिल्मको कथा बोकेको नृत्य, सबै कलाकारको सहभागितामा जिपान रिमिक्स, गुरुङ संस्कृती झल्कने नृत्य, विभिन्न गायक गायीकाको प्रस्तुति कार्यक्रममा रहने बताइएको छ । जिफा हङकङ अध्यक्ष रोसन गुरुङको व्यवस्थापनमा हुने कार्यक्रममा गुरुङ फिल्मका शुभचिन्तकको सहभाीता रहने छ । कार्यक्रममा हङकङमा रहेका गुरुङ फिल्मका कलाकारको समेत प्रस्तुति रहने छ । गुरुङ फिल्म र त्यसमा काम गर्ने चलचित्रकर्मीहरुलाई अगाडि बढ्न सजिलो होस् भन्ने हेतुले २०६५ सालमा गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) स्थापना गरिएको हो । जिफानले गुरुङ फिल्मको मात्र नभई गुरुङ कला, संस्कृतिलाई समेत चलचित्रको माध्यमबाट दर्शकमाझ पस्कने काम गरेको छ । यस्ले गुरुङ कला र संस्कृतिको बारेमा नयाँपिंढीलाई जानकारी लिने विश्वास समेत संस्थाले गरेको छ । हङकङ जाने टोलीलाई एक कार्यक्रमका बीच मंगलबार जिफानका पूर्व अध्यक्ष माओत्से गुरुङ लगायतले यात्रा सफलताको कामना गर्दै बिदाई गरेका थिए ।











Post a Comment

 
Top