0
गोल्डेन न्यूज संवाददाता
नयाँ शक्ति नेपालको युवा संगठन राष्ट्रिय युवा अभियानले पोखरामा सुरु गरेको ग्रीन पोखरा क्लिन पोखरा अभियानको श्रृँखला  शनिबार सम्पन्न गरेको छ । नयाँ शक्तिका नेता कार्यकर्ताहरु पोखराको ट्याक्सीचोकबाट बिन्दबासिनी सम्मको भाग सरसफाई गरेका थिए । बिहान आठबजेबाट सुरु भएको सरसफाई कार्यक्रममा सहभागीहरुले केहि नबोलीकन सरसफाईको काम थालनी गरेपछि स्थानिय बासिन्दाहरु चकित परेका थिए । राष्ट्रिय युवा अभियानको व्यानरमा भएको सरफाईमा कोहि कसैले पनि भाषण गरेन बरु सबैले हातमा सेतो पञ्जा लगाए । फोहोरको थुप्रो भएतिर गएर सावेलले फोहोर उठाउँदै डोकोमा हालेका थिए । फोहोर गाडी देखेपछि फोहोर फाल्न भनेर पोकाका पोका फोहोर लिएर निस्किएका स्थानीय बासिन्दाहरु आफ्नो टोलको फोहोर अरुले उठाएको देख्दा आश्चार्य चकित भएका थिए ।
सरसफाई कार्यक्रममा सहभागी नयाँ शक्तिको नेता कार्यकर्ताले फोहोर सफा गर्दै स्थानीय बासिन्दाहरुलाई जताभावी फोहोर नफाल्न आग्रह समेत गरेका थिए । सरसफाई प्रचार कमाउनको लागी गरिएको त हैन भन्ने हाम्रो प्रश्नमा राष्ट्रिय युवा अभियान कास्की संयोजक रेमश योगीले भने–‘प्रचारका लागि अरु कुनै काम पनि त गर्न सकिन्थ्यो होला, सर्कस नै देखाए पनि दुईचार सय मान्छे त जम्मा भै हाल्थे नि हामीले राजनीतिलाई समाज सेवासँग जोडौँ भनेर सरसफाई अभियान थालेका हौँ ।’ कार्यक्रमको अन्त्यमा बोल्दै ग्रिन पोखरा क्लि पोखरा  अभियानका संयोजक देब क्षेत्रीले  अर्को हप्ताको कार्यक्रम लेखनाथमा हुने जानकारी गराउँदै कार्यक्रमको समापन गरेका थिए ।






Post a Comment

 
Top