0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस पोखरा उप–महानगरपालिका वडा नं. ४ समितिले नयाँवर्ष २०७३ को सन्दर्भमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भयो । शनिबार आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद रमेश लेखकले कांग्रेसको नेतृत्वमा मुलुकले नयाँ संविधान प्राप्त गरेकोले आफ्नो पार्टीलाई कमजोर नसम्झन कार्यकर्तालाई सुझाव दिए । उनले नयाँ संविधान ल्याएकै कारण मुलुकले महिला राष्ट्रपति समेत प्राप्त गरेको उल्लेख गर्दै राष्ट्रिय महत्वका विषयलाई कांग्रेसले उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको स्पष्ट पारे । 
केपी ओली नेतृत्वको वर्तमान सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएकोमा आपत्ति प्रकट गर्दै उनले कालोबजारी नियन्त्रण गर्न र भूकम्पपीडितका लागि राहत दिन वर्तमान सरकार पूर्ण असफल बनेको दावी गरे । यसै सन्दर्भमा उनले अव कांग्रेसका नेता कार्यकर्ताहरु समाजलाई सकारात्मक परिवर्तन गर्ने दिशामा क्रियाशिल बन्न आग्रह गरे । 
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, सांसद शारदा पौडेल, नेताहरु शुक्रराज शर्मा, शोभियतबहादुर अधिकारी, देवराज चालिसे, राजेन्द्रनीधि कोइराला, रजनी केसी र राजेन्द्र बहादुर कोइराला लगायतले आ–आफ्नो भनाइ राखेका थिए । 
वडा सभापति गोविन्द प्रसाद पराजुलीको सभापतित्मा भएको कार्यक्रममा इकाइ उप–सभापति शंकर कोइरालाले स्वागत र सचिव गायत्री पराजुलीले कार्यक्रम संचालन गरेकी थिइन ।






Post a Comment

 
Top