0
राजाराम पौडेल÷गोल्डेन
कास्की जिल्ला अदालत तथा पुनरावेदन अदालत पोखराको संयुक्त आयोजनामा न्यायमा पहुँचका लागि समुदायमा अदालत कार्यक्रम सम्पन्न भएको छ । कानून दिवसको अवसरमा कास्कीको ढिकुरपोखरीमा आयोजित कार्यक्रममा उपस्थित सबैले अन्याय सहेर बस्न नहुनेमा जोड दिएका थिए। पुनरावेदन अदालत पोखराका न्यायाधिश सत्यराज गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले नागरिक अधिकारको बारेमा जानकारी दिन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने–‘अदालतले गरेको सेवा प्रवाह कस्तो छ, सुधार भएको छ कि छैन भन्ने बारेमा जानकारी दिने कार्यक्रमको लक्ष्य हो । कास्की जिल्ला अदालतका न्यायाधिश शेखर प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पौडेलले अदालतको काम कारवाही सफल भयो कि भएन भनेर ? स्थानीय स्तरमा कार्यक्रमको आयोजना गरिएको बताए ।  उनले भने–‘केहि सिक्ने र सिकाउने उद्देश्य हाम्रो हो तपाइँको सहभागिता जिज्ञाशाले हामी उद्देश्यमा पुग्न सफल भएको ठानेका छौं ।’ अधिकांश पीडितहरुले अन्याय सहेर बसेकोले न्यून मुद्दा मात्र अदालतमा पुग्ने गरेको उनको भनाइ थियो । घरेलु हिंसा, महिला हिंसा लगायतका घटना हुन नदिन महिलाहरु एकजुट हुनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा न्यायिक प्रक्रियाको बारेमा जानकारी दिंदै जिल्ला न्यायाधीश अनन्तराज डुम्रेले मुद्दा प्रक्रिया कसरी अगाडि बढाउने ?, अदालतका प्रकार, देवानी र फौजदारी मुद्दाको बारेमा जानकारी सहितको कार्यपत्र प्रस्तुत गरेका थिए । आफूलाई केहि अन्याय परे गुनासो गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा बोल्दै कास्की जिल्ला अदालतका स्रेस्तेदार कृष्ण प्रसाद नेपालले जनतालाई कानूनको बारेमा सुसूचित गराउने उद्देश्यले ढिकुरपोखरी–३ मा रहेको महेन्द्र सामुदायिक प्रा.वि. कार्यक्रम आयोजना गरिएको बताए । उनले अदालतमा पुग्ने व्यक्तिलाई मात्र नभएर गाउँ घरमा पुगेर कानूनको बारेमा जानकारी गराउन यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । अदालतमा दिइने निशुल्क कानूनी सेवा, न्यायमा सहज पहुँच, निरन्तर सुनुवाई, एक घण्टा भित्र दिइने सेवा, सोधपुछ कक्ष, विश्राम कक्ष लगायतको बारेमा उनले सहभागीलाई स्रेस्तेदार नेपालले प्रष्ट पारेका थिए ।
पुनरावेदन अदालत पोखराका उप–रजिष्टार नारायण प्रसाद पण्डितले समुदायमा अदालत कार्यक्रमले आफ्ना हक अधिकारको बारेमा जानकारी हुने बताए । सरकारी वकिल कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता स्वतन्त्र न्यौपानेले फौजदारी मुद्दाको उजुरी कसरी दिने, मुद्दाको प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने बारेमा सहभागीलाई प्रष्ट पारे । समाजमा अपराध मौलाउन नदिन समयमानै जानकारी दिई कानूनी शासन स्थापित गर्न सहभागीलाई आग्रह गरे । नागरिक समाजका प्रतिनिधि अनिता गुरुङ्गले घरेलु हिंसाका घटना बढ्दै गएको बताइन् । कानूनको बारेमा सचेतना फैलाउने हो भने घरेलु हिंसा सम्बन्धी घटना कम हँुदै जाने उनको भनाइ थियो ।
पुनरावेदन बार इकाइ पोखराका अध्यक्ष खगेन्द्रराज आचार्यले राज्यले न्यायमा सहज पहुँच पु¥याउन गरेको व्यवस्थाको बारेमा जानकारी दिंदै हिंसा सहेर नबस्न आग्रह गरे । 
उनले भेदभाव विरुद्धको अधिकार, महिला अधिकार, छुवाछूत, मानव वेचविखन तथा ओसार–पसार लगायतको विषयमा सहभागीलाई अवगत गराए । जिल्ला बार कास्कीका अध्यक्ष सोम प्रसाद श्रेष्ठले सामुदायिक मेलमिलाप, अपाङ्ग सम्बन्धी ऐन, कानूनी सहायता केन्द्र लगायतको बारेमा प्रकाश पारेका थिए । कानूनको अज्ञानता क्षम्य नहुने भएकोले सबैले कानूनको बारेमा बुझ्नुपर्नेमा जोड उनको थियो । वडा नागरिक मञ्च ढिकुर पोखरीका संयोजक दुर्गा प्रसाद पौडेल, माछापुच्छ«े शिक्षा क्याम्पसका प्रमुख रामचन्द्र सुवेदी, धारापानी माविका प्रधानध्यापक महेन्द्र कुँवर, महिला निगरानी समूहका संयोजक हरि केसी लगायतले कानूनको बारेमा जान्न पाउने अवसर जुटेको भन्दै खुशी प्रकट गरे । कार्यक्रमले कानूनको बारेमा स्थानीयलाई जानकारी दिएकोले यस्ले न्यायमा पहुँच बढ्ने विश्वास उनीहरुको थियो ।
महिला विकास कार्यालय कास्कीकी सत्य देवकोटाले महिला तथा बालबालिका न्यायमा पहुँच सहज रुपमा पुग्न नसकेको बताइन् । यस्ता सचेतनामूलक कार्यक्रमले उनीहरुको पहुँच बढ्ने उनको विश्वास थियो ।
कार्यक्रममा बलबहादुर परियार, शोभाखर दाहाल, राधा पौडेल, अम्बिका कुँवर, सगुन गुरुङ लगायतले पीडितले उचित न्याय पाउन नसकेको, अन्याय सहेर बस्नुपर्ने बाध्यता रहेको, सम्बन्धित ठाउँमा पुग्दा समेत वास्ता नगरेको, घरेलु हिंसा, महिला हिंसा, जातीय भेदभाव, छुवाछूत लगायतको समस्या अझैपनि उस्तै रहेको गुनासो गरेका थिए । वि.स. २०४८ देखि निरन्तर रुपमा कानून दिवस मनाउन थालिएको हो । कार्यक्रमको संचालन कास्की जिल्ला अदालतका तहसिलदार खुमप्रसाद भण्डारीले गरेका थिए ।








Post a Comment

 
Top