0
पोखरामा पहिलो पटक हुन लागेको स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक खेलकुद पत्रकार मञ्च कास्कीले आईतवार पत्रकार सम्मेलन मार्फत मनोनयन सार्वजनिक गरेको हो । जेठ १ गते पोखरा सभागृहमा वितरणको हुने अवार्डका लागि चार विधामा १२ जना मनोनयनमा परेका छन् । पाँच विधामा पाँच जनालाई वितरण गरिने अर्वाड अन्तर्गत लाईफटाईम अचिभमेन्ट अवार्डको लागि कृष्ण थापा छनौट भएका छन् । निर्णायक समितिको सिफारिस र मञ्च कार्यसमितिको निर्णय अनुसार थापालाई अवार्ड प्रदान गर्न लागिएको कार्यबहाक अध्यक्ष सन्देश श्रेष्ठले जानकारी दिए । त्यस्तै अन्य विधामा ३÷३ जना मनोनयनमा परेका छन् । बर्ष खेलाडी पुरुषमा फुटवलका हेमन्त गुरुङ, बडिविल्डरका सुरेश गुरुङ र आर्चरीका असिम शेरचन छन् । वर्ष खेलाडी महिलामा उसुकी झरना गुरुङ, भलिवलकी मञ्जु गुरुङ र भलिवलकै अरुणा शाही मनोनयनमा परेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा कराँतेका सुरेन्द्र गुरुङ, भलिवलकी कौशिला खत्री र फुटवलका शम्भु केसी तथा बर्ष उत्कृष्ट नभप्रतिभामा टेनिसका अभिषेक बाँस्तोला, एथ्लेटिक्स र भलिवलकी शशी चौधरी , एथ्लेटिक्सकै ममता डगौरा मनोनयनमा पर्न सफल भएका छन् । मनोनयमा पर्न सफल मध्य प्रत्येक विधामा एक जनालाई विजेता घोषणा गरी अवार्ड प्रदान गरिनेछ । छनौटको लागि पाँच सदस्यीय निर्णायक समिति गठन गरिएको छ । श्रेष्ठका अनुसार बर्ष खेलाडी महिला र पुरुषलाई जनही २५ हजार तथा प्रशिक्षक र नवप्रतिभालाई जनही १० हजारको साथमा अवार्ड प्रदान गरिनेछ । कार्यक्रम सम्पन्न गर्न करिब पाँच लाख खर्च अनुमान गरिएको छ । यसअघि राष्ट्रिय स्तरमा काठमाडौंमा हुदै आएको स्पोर्टस् अवार्डलाई जिल्ला तहमा पहिलो पटक सञ्चालन गर्न लागिएको हो । जिल्लामा रहेका खेलाडी पहिचान गरी उनीहरुको प्रतिभाको कदर सहित थप हौसला प्रदान गर्न अवार्ड वितरणले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।








Post a Comment

 
Top