0
गोल्डेन न्यूज संवाददाता
प्रजातन्त्रवादी प्राध्यापक संघ, पृथ्वी नारायण क्याम्पस पोखराको चौथो अधिवेशनवाट अध्यक्ष पदमा दीपेन्द्र पराजुली निर्वाचित भएका छन्। शनिवार सम्पन्न निर्वाचनमा कुल खसेको २२८ मतमध्ये पराजुलीले १३८ मत ल्याए भने प्रतिस्पर्धी प्रा.डा.अक्कल देव मिश्रले ८७ मत ल्याएका थिए । यस्तै उपाध्यक्ष पदमा कविराज आचार्य १२६ मत सहित विजयी भए भने अर्का प्रत्याशी भीमनाथ वरालले ९६ मत प्राप्त गरेका थिए । यस्तै सचिव पदमा बोधराज ढकाल १२८ मत सहित विजयी भए भने सहसचिव र कोषाध्यक्षमा क्रमशः बोधराज गौतम (निर्विरोध निर्वाचित) र वेनी माधव ढुंगाना 
(१२० मत) तथा सदस्यहरुमा गुरुदत्त शर्मा (१५५ मत), रवि कार्की (१५१ मत), नारायणि पौडेल (१४९ मत), शान्ता कोइराला 
(१४२ मत), शोभाकान्त गौतम 
(१३४ मत) तथा रामवावु मण्डल (१३० मत) निर्वाचित भएका छन् । अध्यक्ष पदमा विजयी भएपछि पराजुलीले आफूलाई मत दिने र नदिने सबैलाई सम्मानजनक व्यवहार गर्ने र प्रजातन्त्रवादी प्राध्यापकहरुको हक हितका लागि आफू सदैव समर्पित रहने धारणा राखे भने प्रा.डा. अक्कल देव मिश्रले प्रजातान्त्रिक अभ्यासले संगठन बलियो हुने र आफूले कार्य समितिलाई पूर्ण सहयोग गर्ने प्रतिक्रिया दिए । प्राध्यापकहरु कृष्ण प्रसाद तिमिल्सिना, विष्णु प्रसाद शर्मा र राजु क्षेत्रीसहितको ३ सदस्यीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम सम्पन्न गरेको थियो । संघको मतदाता सूचीमा २३९ प्रजातन्त्रवादी प्राध्यापकहरु रहेको निर्वाचन समितिका सदस्य विष्णु प्रसाद शर्माले जानकारी दिए ।






Post a Comment

 
Top