0
गोल्डेन न्यूज संवाददाता
नेपाल ट्रस्टको कार्यालय, दरबारमार्ग काठमाडांैले गत बैशाख १८ गतेको गोरखापत्रमा हिमागृहलाई भाडामा दिने प्रयोजनले १५ दिने सूचना प्रकाशित गरेकोमा पोखरेली समुदायको तर्फबाट उक्त सूचनाको आधारमा विरोध जनाइएको छ । पोखराको रत्न मन्दिरसँगै जोडिएको हिमागृह पोखरेली समुदायका लागि ताल, हिमाल, वनजंगल र गुफा जस्तै ऐतिहासिक र प्राकृतिक महत्व राख्ने सम्पदा भएकोले सामूहिक चासो र चिन्ताको विषय हो भन्दै पटक पटकको छलफल, अन्तरक्रिया र गोष्ठीका क्रममा हिमागृह समेतको रत्न मन्दिर परिसरलाई सम्पदा क्षेत्र, जैविक विविधता पार्क र संग्रहालयका रुपमा संरक्षण गर्ने एक सूत्रीय अभिमत व्यक्त भएको स्मरण गराउँदै सार्वजनिक महत्व राख्ने हिमागृह रत्न मन्दिरको अभिन्न भूभाग समेत भएकोले कुनै पनि बहानाबाजीमा निजी क्षेत्रलाई भाडामा दिने कार्यलाई अविलम्ब खारेज गर्न आग्रह गरिएको छ । नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलको विशेष पहलमा राष्ट्रिय सम्पदा संरक्षण समिति नेपाल, रत्न मन्दिर फेवाताल सरोकार समिति, पोखरा सम्पदा संरक्षण समिति, राष्ट्रिय पर्यटन प्रबद्र्धन समिति, पोखरा पर्यटन परिषद्, पोखरा उद्योग बाणिज्य संघ, रेवान पोखरा, पश्चिमाञ्चल होटल संघ, टान पश्चिमाञ्चल, नाट्टा पश्चिमाञ्चल र नगर महिला समन्वय समिति पोखराले हस्ताक्षर गरेको विरोधपत्रलाई नेपाल ट्रस्टको पोखरा कार्यालय मार्फत आजै केन्द्रीय कार्यालय काठमाडौ पठाइएको छ । उक्त अभियानलाई राष्ट्रिय पर्यटन परिषद्का सदस्य बासु त्रिपाठी, नेपाल पर्यटन बोर्डका पूर्व सदस्यहरु अग्नि कँडेल र टीकाराम सापकोटाले ऐक्यबद्धता जनाएका छन् ।







Post a Comment

 
Top