0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. २६ सराङ्गकोट स्थित गोठादीमा झण्डै १ सय ५५ मिटर तलबाट पानी वोरिङ्ग गरि वितरण गरिएको छ। यस्तै गोरखा जिल्लाको वकुवा गा.वि.स. वडा नं.३ खान्चोक स्थित महाभूकम्पले क्षतिग्रस्त श्री चामुण्डा प्राथमिक विद्यालयको भवन निर्माण कार्य सम्पन्न भएको छ । रोटरी क्लव अफ पोखरा अन्नपूर्ण र दक्षिण कोरियाको रोटरी क्लव अफ याङ्गजुको मितेरी सम्वन्धको मितेरी उपहार स्वरुप यी दुई कार्य सम्प्न्न भएका हुन् । दुई संस्थाबीच २०१३÷१४ मितेरी सम्बन्ध भएको थियो ।
सराङ्गकोट खानेपानी आयोजनाले सो क्षेत्रका झण्डै ६ सय परिवार लाभान्वित हुने गरी खानेपानी सेवा उपलव्ध गराएको छ भने सो कार्यक्रमबाट हाल १४६ परिवारलाई वितरण गरिएको छ ।
उक्त परियोजनाको कुल लागत ६४ हजार ५ सय अमेरिकी डलर रहेको छ भने उक्त रकम रोटरी क्लव अफ पोखरा अन्नपूर्ण, दक्षिण कोरियाको रोटरी क्लव अफ याङ्गजु, रोटरी नेपाल डिष्ट्रिक्ट ३२९२, दक्षिण कोरियाको रोटरी डिष्ट्रिक्ट ३६९० र रोटरी ईन्टरनेशनल ग्लोवल ग्रान्टवाट प्राप्त भएको हो । परियोजनाको उद्घाटन दक्षिण कोरियाको रोटरी डिष्ट्रिक्ट ३६९० का गभर्नर किल काउङ्गसुप, रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष कल्याण कर्माचार्य,  रोटरी क्लव अफ याङ्गजुका अध्यक्ष ना जोङमूक र पोखरा उपमहानगर पालिकाका वरिष्ठ ईन्जिनियर शारदा मोहन काफ्लेले संयुक्त रुपमा गरेका थिए ।
यसैगरी रोटरी क्लव अफ पोखरा अन्नपूर्ण र रोटरी क्लव अफ याङ्गजुको संयुक्त प्रयासमा २५ लाख रुपैयाँको लागतमा गोरखा जिल्लाको वकुवा गा.वि.स. वडा नं. ३ खान्चोक स्थित भूकम्पले क्षतिग्रस्त श्री चामुण्डा प्राथमिक विद्यालयको भवन निर्माण कार्य सम्पन्न गरि उदघाटन गरिएको छ । विद्यालयको उद्घाटन दक्षिण कोरियाको रोटरी डिष्ट्रिक्ट ३६९० का गभर्नर किल काउङ्गसुप, रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष कल्याण कर्माचार्य,  रोटरी क्लव अफ याङ्गजुका अध्यक्ष ना जोङमूकले संयुक्त रुपमा गरि सो विद्यालयलाई हस्तान्तरण गरिएको छ। दुवै परियोजनाको निरीक्षण एवं उद्घाटनका लागि दक्षिण कोरियाबाट १२ जना रोटरीयनहरु को टोली पोखरा आएका थिए । दुवै परियोजनाको संयोजक रोटरी क्लव अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष एवं सर्भिस प्रोजेक्ट कमिटी चेयरमेन रोशबहादुर गुरुङ्ग रहेका थिए ।


Post a Comment

 
Top