0
गोल्डेन न्यूज संवाददाता
सुनचाँदी व्यवसायी संघ कास्कीले भ्रमणको क्रममा आएका नेपाल सुनचाँदी संघ चितवनको टोलीलाई स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा चितवन सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष टेक बहादुर विश्वकर्माले सुनचाँदी गहना उत्पादन तथा विक्रीको क्षेत्रमा कास्कीको जिल्लाको महत्वपूर्ण योगदान रहेको र यहाँको उत्पादनले चितवन जिल्लालाई समेत सहयोग पुगेको हुँदा चितवन जिल्लाले विशेष आभार प्रकट गर्दछ भने । कास्की जिल्लामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको हुँदा व्यवसायीहरुको पहिचान अन्तर्राष्ट्रिय जगतमा समेत हुने स्पष्ट पारे । त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष ज्ञानेन्द्रमान शाक्यले महासंघ चितवन जिल्ला संघ र अन्य जिल्लाका संघहरु भन्दा कास्की जिल्ला अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित भएको बताए । उनले  कास्की जिल्लाको प्रेरणाबाट अरु जिल्लाहरुका लागि पनि प्रेरणाको स्रोत बनेको बताए । भ्रमणको क्रममा कास्की जिल्लाको स्वागतबाट असाध्यै हर्षित भएको उनले बताए । महासंघका उपाध्यक्ष अर्जुन रसाईलीले महासंघको मूल्यांकनमा कास्की उच्च स्थानमा छ । आगामी दिनमा अझ आफूलाई अगाडि बढ्न प्रेरणा मिलोस् यसमा सबैको साथ रहने उनले बताए। उनले हिजो केन्द्रिय कार्यालयको रुपमा रहेकोमा यसलाई रुपान्तरण गर्न अझै केही समय लाग्ने भएकोले जिल्ला संघहरुले अपेक्षा गरेअनुरुप काम गर्न नसकेको गुनासो गरे । सुनचाँदी व्यवसायीहरुले सहकारीताको माध्यमबाट आफ्ना व्यवसायीलाई प्रबद्र्धन गर्न सहज हुने भएको हुँदा चितवन जिल्लाले सुनचाँदी बचत तथा ऋण सहकारी संस्था स्थापना गरेको र अन्य जिल्ला संघहरुले पनि यो अवधारणालाई आत्मसात गर्नुपर्ने बताए।त्यसैगरी कार्यक्रमका सभापति एवम् कास्की जिल्ला अध्यक्ष चन्द्रकिशोर गौतमले चितवन सुनचाँदी व्यवसायी संघ र कास्की सुनचाँदी व्यवसायी संघको सम्बन्ध हिजो देखिनै रहिआएको बताए । उनले वर्तमान अवस्थामा पनि व्यवसायी संघसँग सम्बन्धित समस्याहरु देखिएमा दुवै जिल्लाका अध्यक्षसँग सम्पर्क गरी समाधान हुँदै आएको स्पष्ट पारे । चितवन जिल्लाको भ्रमणले व्यवसायीहरुको व्यवसायको विकासका साथै व्यक्तित्व विकासमा समेत सहयोग पुग्ने भन्दै उनले भ्रमण दललाई सम्मान सहित धन्यवाद ज्ञापन गरे । कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष राजेशमान बुद्धाचार्यले गरेका थिए भने कार्यक्रम संचालन सचिव निर्मल दियालीले गरेका थिए ।

Post a Comment

 
Top