0
गोल्डेन न्यूज संवाददाता
जिल्ला शिक्षा कार्यालय कास्की कास्की विभिन्न विद्यालयमा अध्ययन गर्ने प्रतिभावान विद्यार्थी छनौट गरेको छ । विभिन्न विद्यामा छनौट गरि विद्यार्थीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय विद्यार्थी प्रतिभा पहिचानका लागि छनौट गरेको छ । छनौट भएका विद्यार्थीले क्षेत्रिय रुपमा प्रतिस्पर्धा गर्ने छन् । कास्कीबाट गणिततर्फ शितलादेवी उच्च माविका प्रविण शर्मा प्रथम हँुदै छनौट भएका छन् । त्यसैगरि विज्ञानतर्फ सैनिक आवसीय विद्यालयका समिर कार्की प्रथम, शितलादेवी माविका दिपेश लम्साल दोस्रो र जनप्रिय उच्च माविका कुल गुरुङ तेस्रो भए । त्यसैगरि भाषा सहित्यमा शितलादेवी माविका संकल्प बराल पहिलो, जनप्रिय उच्च माविका बालचन्द्र रिजाल दोस्रो र पश्चिमाञ्चल उच्च माविका अकृति गौतम तेस्रो भए । चित्रकलातर्फ सैनिक आवासीयका विशाल श्रेष्ठ प्रथम, सिद्धबराह उच्च माविका सुमन परियार दोस्रो, शारदा माविका मनोज पुन तेस्रो भए । यसैगरी नृत्य, गायनमा सैनिक आवासीय माविका स्मृति पौडेल पहिलो, सिद्ध बराह उच्च माविका रिता परियार दोस्रो र शारदा उच्च माविका नृत्यकला पुन तेस्रो भए । पहिलो, दोस्रो र तेस्रोले क्रमश नगद ३ हजार, २ हजार र १ हजार प्राप्त गरे । विजयी विद्यार्थीलाई कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको संचालन खेमराज पौडेलले गरेका थिए ।

Post a Comment

 
Top