0
पोखरा उप–महानगरपालिका वडा नं. १२ शितलादेवीस्थित शितलादेवी सामुदायिक उच्च माविका जुनियर रेडक्रस सर्कल पुनःगठन र बाल क्लव गठन भएको छ । रेडक्रसमा कक्षा ६ देखि १० सम्मका विद्यार्थी आवद्ध छन् भने बाल क्लवमा साना कक्षाका विद्यार्थीहरु सहभागी छन् । पुनर्गठित रेडक्रस सर्कलको अध्यक्षमा विक्रम सुवेदी चयन भएका छन् । सर्कलको उपाध्यक्षमा अर्चना सापकोटा, सचिवमा संकल्प बराल, कोषाध्यक्षमा प्रविण शर्मा, सह–सचिवमा अभिरुची लम्साल चयन भएका छन् । यसैगरी सर्कलको सदस्यहरुमा विवेक लामिछाने, विनिता क्षेत्री, अजय बराल, उन्नती बुढा मगर, किशोर सापकोटा, प्रतिक्षा बाँस्तोला, दिपेश लम्साल, ऋतिका लामा, सुजाता भण्डारी, इषा गिरी, विधान कार्की र नविन कार्की रहेका छन् । सर्कलको संरक्षकमा विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारी र शिक्षक नायकमा रामचन्द्र अधिकारी रहेको विद्यालयकी शिक्षिका टीकादेवी पराजुली बरालले जानकारी दिइन । यसैगरी विद्यालयमा गठित बाल क्लवको अध्यक्षमा प्रवेश बाँस्तोला चयन भएका छन् । क्लवको उपाध्यक्षमा मनिष बाल, सचिवमा नमूना बुढामगर, सह–सचिवमा विशाल भट्टराई र कोषाध्यक्षमा अदीति घिमिरे चयन भएका छन् । क्लवको सदस्यहरुमा रुक्सना बेगम, शिवानी सिंह ठकुरी, सन्देश लम्साल, ईच्छा मरासिनी,  स्वस्तिका राइ, अनिरुद्र घिमिरे र रोहन गुरुङ रहेका छन् भने संरक्षकमा शिक्षिका टीकादेवी पराजुली बराल रहेकी छन् ।

Post a Comment

 
Top