0
गोल्डेन न्यूज संवाददाता
सकारात्मक परिवर्तनका लागि मूल्यनिष्ठ शिक्षा विषयक बार्षिक कार्यक्रम राजयोग केन्द्र पस्र्याङ शाखा पोखरामा सम्पन्न भयो । विद्यार्थीहरुमा अंहिसा, एकता, अनुशासन जस्ता नैतिक मूल्यहरुको विकास गराउने उद्देश्यले ब्रह्माकुमारी राजयोग प्रशिक्षण पस्र्याङ शाखाले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बाल्दै पोखरा उप महानगरपाकिा ९ टोल समन्वय समितिका अध्यक्ष उत्तम जोशीले आजको वर्तमान समाजमा युवाहरुमा विकृति विसंगति बढि रहेको अवस्थामा आध्यात्मिक एवं नैतिक मूल्यको शिक्षाले सुधार ल्याउनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा फेवा पव्लिक एकेडेमीका संस्थापक सुमन आचार्य, संचालक यज्ञ पौडेल लगायतले पनि बोलेका थिए । पहिलो दिन प्रशिक्षण दिंदै ब्रह्माकुमारी राजयोग प्रशिक्षण शाखा दमौलीका प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले जीवनलाई सन्तुलन बनाई राख्नाको लागि एकाग्रताको शक्ति आशा र विश्वासको भावनालाई सदैव बढाउँदै जानुपर्नेमा जोड दिए । साथै राजयोग प्रशिक्षण केन्द्र पस्र्याङ्की संचालिका ब्रह्माकुमारी सुधाले धन्यवाद मन्तव्य र कार्यक्रमको संचालन ब्रह्माकुमारी रोशनीले गरेकी थिइन । कार्यक्रममा फेवा पव्लिक एकेडेमीमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु सहभागी थिए ।






Post a Comment

 
Top