0
गोल्डेन न्यूज संवाददाता
मदन–आश्रितको २३औं स्मृति दिवसका अवसरमा आयोजत दुइ दिने विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता मंगलवार पोखरामा सम्पन्न भएको छ । मदन भण्डारी स्र्पोटस एकेडेमी कास्कीले आयोजना गरेको प्रतियोगितामा व्याइज सिंगलमा प्रगति वोर्डिङका विधान अधिकारी प्रथम र प्रगतिकै सुलभ बस्नेत दोश्रो भए । त्यसैगरि प्रगतिका धिरन विक र सैनिक आवासीय महाविद्यालयका ओम थापाले तृतीय स्थान हात पारे । गल्र्स सिंगलतर्फ टप्स उच्च माविका आकसती केसी प्रथम, टप्सकी प्रतिक्षा गुरुङ दोश्रो, प्रगतिकी शितल केसी र टप्सकी समिक्षा गुरुङले तृतीय स्थान प्राप्त गरे । त्यसै गरि व्याइज डवल्सतर्फको खेलमा प्रगतिका निकेश खडका र विधान अधिकारी प्रथम, सुलभ बस्नेत र धिरेन विक दोश्रो, सैनिकका ओम थापा र विश्वास कुँवर दोश्रो तथा कुमुदिनीका धिरज श्रेष्ठ र आयुष श्रेष्ठले तृतीय स्थान हात पारे । गल्र्स डवल्स तर्फको खेलमा टप्सकी आकृति केसी र प्रतिक्षा गुरुङ प्रथम, प्रगतिकी निर्जला खडका र शितल केसी दोश्रो र टप्सकी समिक्षा गुरुङ र एलिशा बलालले तेश्रो स्थान प्राप्त गरे । विजयी खेलाडीलाई नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा गण्डकी अञ्चल इन्चार्ज जगत विश्वकर्मा,  नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागी, नेकपा एमाले क्षेत्रनं ३ का अध्यक्ष धन वहादुर नेपाली, मदन भण्डारी स्र्पोट्स एकाडेमीका केन्द्रिय सदस्य राजेन्द्र गुरुङ, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ लगायतले नगद, पदक तथा प्रमाण पत्र प्रदान गरेका थिए । मदन भण्डारी स्र्पोट्स एकाडेमी कास्कीका अध्यक्ष ऋषिराम गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कुष्ण तिमिल्सिनाले गरेका थिए । प्रतियोगितामा १३ विद्यालयका ७६ टिमको सहभागिता रहेको थियो ।




Post a Comment

 
Top