0
गोल्डेन न्यूज संवाददाता
टोल विकास संस्था नगर समन्वय समिति पोखराको ३ दिने अधययन अवलोकन भ्रमण लमजुङ जिल्लाको घलेगाउँ, काउलेपानीको होमस्टे संचालनको व्यवस्थापनका साथै पर्यटकीय क्षेत्र बन्दिपुरको भ्रमण सफलतापूर्वक सम्पन्न गरी भ्रमण टोली फिर्ता भएको छ । भ्रमण टोलमा पोखरा नगर क्षेत्रभित्र रहेका १८ वटा वडाका वडा समन्वय समितिका अध्यक्ष, महिला नगर समन्वय समितिका अध्यक्ष, नागरिक मञ्च पोखराका संयोजक, वडा नागरिक मञ्च महिला समूह लगायत १९ जनाको टोली सहभागी भई होमस्टे संचालनको अवधारणा विषयमा छलफल गरी पोखरा क्षेत्रमा होमस्टे संचालनमा टोल विकास संस्थाले गर्नुपर्ने भूमिकाको र व्यवस्थापनको बारेमा छलफल गरिएको र उक्त होमस्टे संचालन गर्न नेपाल सरकार, पर्यटन बोर्ड, नगरपालिकाको समेत सहयोगको आवश्यकता रहने घले गाउँका होमस्टे पर्यटन कार्यालयका सचिव दीर्घ घले र काउलेपानी होमस्टेका सचिव जगत गुरुङ्गसँगको छलफल गरिएको संस्थाका कोषाध्यक्ष एवम् कार्यक्रमको संयोजक सम्मर बहादुर श्रेष्ठले बताए। ३ दिने होमस्टे अध्ययन अवलोकन भ्रमणमा टोल विकास संस्था र नगर महिला समन्वय समितिको काउलेपानीको गाउँशहर पर्यटन विकास कार्यालयको सभाहलमा संयुक्त बैठक बसी पोखरा उप–महानगरपािलका कार्यालयलाई ग्याँस कार्ड, अव्यवस्थित पार्किङ र शुल्क, नक्शापास जस्ता कार्य सरसफाईको व्यवस्था लगवायत जनताका कामकाजमा छिटो छरितो काम गर्न सुझाव पेश र्ग उक्त बैठकले निष्कर्ष निकालिएको उक्त भ्रमणले गाउँ गाउँको भ्रमण गरी गाउँमा गाउँलेहरु मिलि विकासका कार्य समेत व्यवस्थित होमस्टे संचालन गरेको भ्रमणमा सहभागी अधिकांश सदस्यहरु बताउँछन् । साथै पोखराको टोल विकास र नगरपालिकाका राम्रा कार्यमा सधैं साथ दिंदै जाने समेत प्रतिवद्धता गरिएको थियो ।
अध्ययन अवलोकन भ्रमणले गाउँगाउँका गाउँलेहरु मिलेर पर्यटन प्रवद्र्धनमा लागि परेको प्रत्यक्ष देखी पोखरेली पनि त्यस्ता कार्यमा लागि पोखरालाई नमूनाको रुपमा चिनाउन आवश्यक रहेको उक्त भ्रमणले शिक्ष्ँँ दिएको संस्थाका सचिव प्रकाश पौडेलले बताए । टोलीमा टोल विकास संस्था नगर समन्वय समिति पोखराका अध्यक्ष उज्वल खत्री, महिला नगर समन्वय समति पोखराका अध्यक्ष पवित्रा गुरुङ्ग, नागरिक निगरानी समिति पोखराका संयोजक राममोहन आचार्य लगायत नगर समन्वय समितिका पदाधिकारीहरुले भ्रमण सफलता पूर्वक सम्पन्न भएको बताउँदै नगर विकासको लागि टोल विकास संस्थाको भूमिका अति महत्वपूर्ण हुने भएकोले नगरपालिकासँग समन्वय गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । उक्त भ्रमणको समीक्षा कार्यमा कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक सम्मरबहादुर श्रेष्ठले आयव्यय समेत प्रस्तुत गरेका थिए ।








Post a Comment

 
Top