0
हरपल चामल नेपालमा बिक्री शुरुवात भएको ११ वर्ष प्रवेशको अवसरमा पोखरामा ‘होेलसेलर मिट’ कार्यक्रम सम्पन्न गरिएको छ । हरपल चामलको नेपालको आधिकारिक बिक्रेता हरपल फुड्स प्रालिले कार्यक्रम आयोजना गरेको हो । भारतमा ५० वर्षदेखि उत्पादन हुँदै आइरहेको हरपल ब्राण्डको चामल नेपालमा १० वर्ष अगाडिदेखि बिक्री हुँदै आइरहेको छ । भारतमा उत्पादित हरपल ब्राण्डको हरपल इन्डियन रिच राइस, हरपल उसिना चामल, पसन्ड चामल र जीवन ब्राण्डका चामल नेपाली बजारमा ५ र २० केजीको मेकानिक प्याकमा उपलब्ध गराउँदै आइरहेको कम्पनी म्यानेजर तारामान धामीले जानकारी दिए । खाडी मुलुक, अमेरिका र युरोप गरी करिब २३ वटा राष्ट्रमा उपलब्ध गराइरहेको ग्यालेक्सी ब्राण्डका हरपल चामलहरु नेपाली बजारमा लोकप्रिय रहेको धामीको दावी छ । हाल काठमाडौं लगायत पोखरा, भैरहवा, नारायणगढ, हेटौंडा, दमौली, मलेखु लगायत देशभरका मुख्य बजार क्षेत्रमा हरपल चामल उपलब्ध रहेको धामीले जानकारी दिए । प्रालिले आगामी दिनमा थप बजार बिस्तार गर्ने लक्ष्य लिएको धामीले बताए । ‘नेपालका सबै क्षेत्रबाट हरपल चामल बिक्री गर्नेछौं,’ उनले भने । नेपाली बजारमा उपभोक्ताको माग अनुसार हरपल फुड्सले हरपल ब्राण्डका चामलको स्तरीयतामा निरन्तर सुधार गर्दै आइरहेको प्रालिका अध्यक्ष जनकबहादुर धामीले बताए । ‘बजारको माग र उपभोक्ताको चाहना अनुसारको उत्पादन उपभोक्तामाझ पु¥याउन सफल छौं,’ उनले भने,–‘लामो समयको व्यवसायिक अनुभवले पनि बजारको माग सम्बोधन गर्न सिकाएको छ ।’ काठमाडौं बाहिर ७५ वटा डिलर मार्फत बिक्री हुँदै आइरहेको हरपल चामलका डिलर पोखरामा मात्र ४५ वटा छन् ।  ‘
हरपल ब्राण्डको चामल पोखरा क्षेत्रमा निकै लोकप्रिय छ,’ उनले भने । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले हरपल चामलले गुणस्तरीय उत्पादन उपभोक्ता माझ पु¥याउन सफल भएकाले लोकप्रिय बनेको बताए ।











Post a Comment

 
Top