0
गोल्डेन न्यूज संवाददाता
ताराकुञ्ज सेकेण्डरी स्कुल, पाटनबेशी पोखरा–१३ मा विभिन्न विद्यार्थी क्लबहरूको वार्षिक सभा आयोजना गरियो । विद्यार्थीहरूमा नेतृत्व र समाजसेवाको सीप विकास गर्न विभिन्न आधा दर्जन विद्यार्थी क्लबहरूको गठन गरिएको हो । जुनियर रेडक्रस सर्कल ताराकुञ्जको अध्यक्षमा सुनिल सुबेदी, जैविक विविधता संरक्षण मञ्चको अध्यक्षमा सुस्मिता बराल, ताराकुञ्ज छुनुमुनु क्लबको अध्यक्षमा निता बस्याल, मुस्कान क्लबको अध्यक्षमा सन्तोष रानाभाट, ताराकुञ्ज स्पोट्स क्लबको अध्यक्षमा सविन गुरुङ्ग, ताराकुञ्ज आट्र्स क्लबको अध्यक्षमा अनिल नेपाली  सहित ९ सदस्यीय कार्यसमिति गठन गरिएको थियो ।
यसैगरी जुनियर रेडक्रस सर्कल ताराकुञ्जको शिक्षक नायकमा सुनिल न्यौपाने, जैविक विविधता संरक्षण मञ्चको शिक्षक प्रतिनिधिमा विष्णुहरि बराल, ताराकुञ्ज छुनुमुनु क्लबको  शिक्षक प्रतिनिधिमा लक्ष्मी घिमिरे, मुस्कान क्लबको शिक्षक प्रतिनिधिमा मोहनप्रसाद शर्मा, ताराकुञ्ज स्पोट्स क्लबको शिक्षक प्रतिनिधिमा मङ्गल गुरुङ र ताराकुञ्ज आट्र्स क्लबको शिक्षक प्रतिनिधिमा अमृत घिमिरे चयन भएका छन् । कार्यक्रममा विभिन्न क्लबका निवर्तमान अध्यक्षहरूले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नवनिर्वाचित कार्यसमितिका सदस्यहरुलाई सपथ ग्रहण गराउँदै विद्यालयका प्राचार्य विष्णु तिमिल्सिनाले सम्पूर्णलाई समाज निर्माण र सेवाधर्मलाई प्राथमिकता दिदैँ इमान्दरिताका साथ अग्रसर रहन अनुरोध गरे । जु.रे.स ताराकुञ्जकी सचिव अकृति धितालले संचालन गरेको कार्यक्रम जु.रे.स ताराकुञ्जका निवर्तमान अध्यक्ष निर्मल देबकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।







Post a Comment

 
Top