0
गोल्डेन न्यूज संवाददाता
अनलाइन एजुकेशनको महत्व र प्रयोगलाई व्यापकता दिलाउन नयाँ अभियान शुरु गरिने भएको छ । अमेरिकी दूतावासको सहयोगमा पोखराको मदरल्याण्ड उच्च माविका शिक्षक बामनकुमार घिमिरेले यो अभियानलाई अघि बढाएका छन् । विगत केही वर्षदेखि मेशिभ ओपन अनलाइन कोर्षको रुपमा अमेरिकाको विभिन्न विश्वविद्यालय ले राखेपछि पोखरामा शिक्षक घिमिरेले अनलाईन शिक्षा दिन थालेका हुन् । उनले आफ्नो विद्यालयमामात्र नभइ पोखरास्थित विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकलाई अनलाइन कोर्षका बारेमा सहजीकरण गर्दै जाँदा प्रभावकारी देखिएपछि अमेरिकी दूतावासले नै यसलाई नेपालको विभिन्न ठाउँमा पु¥याउन सहयोग गर्ने भएको हो । नेपालको विभिन्न १० वटा ठाउँमा रहेका १० विद्यालय (५ वटा वटा निजी र ५ वटा सामुदायिक) मा अध्ययन गर्ने सबै विद्यालयमा ३ जना छात्र र ३ जना छात्राका साथै १ शिक्षकलाई अनलाईन कोर्षको बारेमा प्रशिक्षण दिइनेछ । जसअनुसार देशका विभिन्न स्थानबाट ६ सय जना विद्यार्थी र १०० जना शिक्षक अनलाइन शिक्षाको प्रशिक्षक तयार हुने र उनीहरुको माध्यममार्फत स्थानीय स्तरमा अनलाईन शिक्षालाई पु¥याउने लक्ष्य राखिएको छ ।  १० वटा केन्द्रको रुपमा पोखरा, वुटवल, धनगढी, विराटनगर, धरान र हेटौंडामा १÷१ वटा र  काठमाडौं र ललितपुरमा २÷२ वटा केन्द्र रहने अभियन्ता शिक्षक बामन घिमिरेले बताए । उनका अनुसार पोखराका १६ जना विद्यार्थीहरु विभिन्न १० वटा केन्द्रमा पुगेर प्रशिक्षणमा पुगेर सहभागी बन्नेछन् । केन्द्रका संयोजक र अनलाइन कोर्ष पूरा गरेर प्रशिक्षक बनेका विद्यार्थीहरु समेतको उपस्थितिमम शनिबार पोखरामै आयोजित कार्यक्रममा बोल्दै उच्च मावि शिक्षा परिषद्का क्षेत्रीय प्रमुख अशोक न्यौपानेले देशको औपाचारिक शिक्षाले मात्र विद्यार्थीहरुलाई सबै किसिमको ज्ञान प्राप्त गर्न नसकेको अवस्थामा यस्तो शिक्षा प्रभावकारी हुने बताए । उनले यसलाई ग्रामिण तहसम्म लैजानुपर्नेमा जोड दिए। नेपाल पत्रकार महासंघका पूर्व उपसभापति गोल्डेन न्यूज दैनिकका प्रधान सम्पादक गंगाधर  पराजुलीले मुलुकको वर्तमान शिक्षा प्रणाली शिक्षित बरोजगार उत्पादन गर्ने खालको रहेको भन्दै विद्यार्थीहरुको ज्ञान र आत्मविश्वास बढाउन अनलाइन शिक्षा प्रभावकारी हुने बताए । उनले मार्कसिटमा प्राप्त गरेको अंकका आधारमा भन्दा विद्यार्थीको व्यवहारिक ज्ञान र अतिरिक्त ज्ञानलाई आधार मानेर मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए । 
मदरल्याण्ड उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष नारायण बरालको अध्यक्षतामा भएको कार्यक्रममा हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त, प्याव्सनका पुरन कुँवर, नेल्टाका सदस्य अशोक सापकोटा, अमेरिकी राजदूतावासका रेलो कार्यक्रम विज्ञ विश्वराज गौतम र दूतावासका प्रतिनिधि अलेक्स लरी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।


























Post a Comment

 
Top