0
गोल्डेन न्यूज संवाददाता
बस्तीमा खोला पसेर दुःख पाएका कास्कीकोट–४ का स्थानीयहरुले बस्ती संरक्षणको पहल सुरु गरेका छन् । उनीहरुले बस्ती बचाउने अभियानको थालनी समेत गरेका हुन् । कार्कीको तगरा, माझथुम नौविसे बस्ती संरक्षण समिति गठन गरी संरक्षणका लागि पहल गरेको समितिका अध्यक्ष टंकप्रसाद सुवेदीले जानकारी गोल्डेन न्यूज दैनिकलाई जानकारी दिइन। विनाशकारी भूकम्पपछि गत वर्ष श्रावण १३ गते राति स्थानीय खहरे खोलामा आएको बाढी बस्तीमा पसेपछि त्यहाँका करिब १ सय ५० भन्दा बढि घर बाढीको उच्च जोखिममा छन् । वर्षा सुरु हुनु अगावै संरक्षणका उपाय अपनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो ।   अभियान अन्तर्गत संरक्षण समितिको आयोजनामा उपभोक्ता बृहत् आम भेला शनिबार सम्पन्न भएको छ । भेलामा स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ता, बुद्धिजीवि, समाजसेवी, आमा समूह प्रतिनिधि, पत्रकार लगायतले बस्ती संरक्षणको ठोस नीति आवश्यक रहेको बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि एवं जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय पोखराका सव ईन्जिनियर रुपनारायण यादवले कार्यालयले गर्ने कामको फेहरिस्त प्रस्तुत गर्दै बस्ती संरक्षणमा स्थानीयले गरेको पहलमा कार्यालय र आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । सो अवसरमा बोल्दै वरिष्ठ शिक्षासेवी रामप्रसाद तिमिल्सिनाले बस्ती संरक्षणका लागि स्थनीयनै सक्रिय बन्नुपर्ने आवस्यकता औँल्याए । त्यसैगरी नेपाल किसान संघ कास्कीका अध्यक्ष भेषराज पराजुलीले राजनीतिक बक्तव्यवाजी गर्नुभन्दा ठोस काम गरेर स्थानीयले थालेको अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिए । एमाले जिल्ला कार्यसमिति कास्कीका सदस्य बेदहरि सुवेदीले विकासका काममा सदैव आँफू र आफ्नो पार्टीको साथ रहने विश्वास दिलाए। वयोबृद्ध एवं वरिष्ठ समाजसेवी लक्ष्मीप्रसाद भण्डारीले अल्पकालिन काम धेरैपटक भएपनि विपदको समस्या दोहोरिँदै गएकाले दिर्घकालिन योजना बनाएर बस्ती संरक्षण गर्नुपर्ने बताए । पत्रकार जीवन सुवेदीले सामाजिक कार्यमा राजनीति हावी भएको भन्दै भाषण र वक्तव्य बाजीमा भन्दा काम गर्ने परिपाटी निर्माण गर्नुपर्नेमा जोड दिए। सिद्ध बराह उच्च माविका शिक्षक प्रेम पराजुलीले स्थानीयले थालेको पहलमा सबैको साथ आवश्यक रहेको बताए । बस्ती संरक्षणका लागि ग्याभिन जाली लगाउन आर्थिक शंकलन समेत सुरु गरिएको छ । घर तथा जग्गाको लगत हेरेर वा स्वतस्फूर्त रुपमा सहयोग जुटाईने सो अवसरमा बताईयो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति पूर्वसचिव युवराज कुँवर, नेकपा माओबादी केन्द्र गाउँ कमिटी अध्यक्ष भीम सुवेदी, स्थानीय समाजसेवी शिवलाल पराजुली, भूमिप्रसाद पराजुली, लिलारमण भूर्तेल, हरिप्रसाद शर्मा लामिछाने, दानबहादुर विक, हरि भण्डारी, सुर्य भण्डारी, प्रेम भण्डारी लगायतले बस्तीमा देखिएका समस्या र त्यसको समाधानका बारेमा आ–आप्mना भनाइ राखेका थिए । समितिका अध्यक्ष टंकप्रसाद सुवेदीको अध्यक्षतामा भएको भेलाको संयोजन स्थानीय देवेन्द्र सुवेदीले गरेका थिए ।


Post a Comment

 
Top