0
गोल्डेन न्यूज संवाददाता
सरकारले संसदमा आइतबार पेश हुने बाषिर्क नीति तथा कार्यक्रम पारित गरेको छ । मन्त्रिपरिषदको बिहीबार  साँझ बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । उक्त नीति तथा कार्यक्रम राष्ट्रपतिले आइतबार पेश गर्ने कार्यक्रम छ । सत्ता गठबन्धनमा खटपट मिलाउने दौडधुपका कारण  बिहीबार बिहानका लागि तय भएको मन्त्रिपरिषद् बैठक साँझ मात्र बसेको थियो । सरकारले बजेटका सिद्धान्तहरुहरु बिहीबार नै संसदमा पेश गरिसकेको छ । मन्त्रिपरिषद्ले भूकम्प प्रभावितहरुको संरचन सम्बन्धि कार्यविधि स्वीकृत गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण गर्ने र स्वदेशी स्रोत प्रयोग गरी निर्माण गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बाराको निजगढमा बनाउने योजना छ । पत्रकारहरुको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय कायम गर्ने निर्णय गरेको छ । न्यूनतम पारिश्रमिक निर्धारण  समितिले  गरेको सिफारिस अनुसार नै मन्त्रिपरिषद् न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो । यसअघि पत्रकारको न्यूनतम पारिश्रमिक १० हजार ५ सय थियो ।






Post a Comment

 
Top