0
गोल्डेन न्यूज संवाददाता
मगर समुदायको कला, संस्कृति, सामाजिक र आर्थिक क्षेत्रमा मगर पत्रकारको भूमिका महत्वपूर्ण हुनुपर्नेमा एक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । नेपाल मगर पत्रकार संघ तनहुँ शाखाको आयोजनामा भेटघाट तथा मगर समुदायमा मगर पत्रकारको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा वोल्दै मगर संघ युकेका अध्यक्ष नेमबहादुर थापा मगरले मगर जातिको संस्कृति, सामाजिक रहन–सहन र आर्थिक क्षेत्रको उजागर गर्नका लागि मगर पत्रकारको मुख्य भूमिका हुने बताए । थापा मगरले मगरहरु अझैपनि आफ्नो कला संस्कृति सामाजिक रहन सहनलाई मिडियाबाट उजागर गर्न नसकिरहेको सन्दर्भमा हालै नेपालमा गठन भएको मगर पत्रकार संघले त्यसबारेमा जोड दिनुपर्ने उनको भनाइ थियो । तनहुँका स्थानीय विकास अधिकारी उदय बहादुर राना मगरले मगरहरु अझैपनि सरकारी तह अन्तर्गत उच्च तहमा पुग्न नसकेको बताए । मगर जातिमा अझैपनि शिक्षाको कमी रहेको बताउँदै उनले कुनैपनि जातिको भाषा, संस्कृति, कला र आर्थिक स्तर माथि उकास्नका लागि शिक्षाको अपरिहार्यता रहेको बताए । मगर पत्रकार संघ तनहुँ शाखा अध्यक्ष भूमिका आलेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल मगर संघ तनहुँका कोषाध्यक्ष बहादुर सिं थापा मगर, मगर महिला संघका अध्यक्ष काशी राना मगर,  मगर संघ व्यास नगर समितिका उपाध्यक्ष लिल बहादुर थापा मगर, पूर्व अध्यक्ष तील बहादुर रानामगर, मगर गुठ समितिका अध्यक्ष नर बहादुर खुलाल मगर, मगर समाज सुधार समितिका अध्यक्ष पूर्ण बहादुर थापा मगर, तनहुँ मगर समाजका प्रतिनिधि भोज बहादुर थापा मगर, मगर विद्यार्थी संघ गण्डकी अञ्चलका समिति सिजन थापा मगर, सदस्य प्रेम बहादुर थापा मगर, मगर विद्यार्थी संघ तनहुँका कोषाध्यक्ष विकास थापा मगर लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  यसैबीच नेपाल मगर पत्रकार संघ तनहुँ शाखालाई मगर संघ युकेका अध्यक्ष नेम बहादुर थापा मगरले आर्थिक सहयोग गरेका छन । मगर पत्रकार संघलाई जीवन्त राख्नका लागि मगर संघ युकेका अध्यक्ष नेम बहादुर थापा मगरले नगद १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । तनहुँ केशवटार गाविस २ नयाँ गाउँमा जन्मेका अध्यक्ष थापा मगरले अन्तरक्रिया कार्यक्रममा नेपाल मगर पत्रकार संघ तनहुँ शाखाका अध्यक्ष भूमिका आलेलाई हस्तान्तरण गरेका थिए । यसैगरी मगर पत्रकार संघ तनहु शाखाले नेपाल सरकारका सह सचिव उदय राना मगर र मगर संघ युकेका अध्यक्ष समाजसेवी नेम थापा मगरलाई सम्मान गरेको छ । संघले मगर समुदायमा जन्मेर पनि समाजमा उल्लेखनीय काम गरेवापत मगर संघ युकेका अध्यक्ष नेम थापा र नेपालमा रहेर अध्ययनलाई जारी राखी तनहुको जिल्ला बिकास समितीको प्रमुख रहेर कार्यरत नेपाल सरकारको सह सचिव जस्तो गरिमामय पदमा बढुवा हुन पुगेका उदय राना मगरलाई सम्मान गरेको हो ।








Post a Comment

 
Top