0
पोखरा ६ जेठ ।
पोखरा उप–महानगरपालिका वडा नंं ५ पस्र्याङस्थित शान्ति निकेतन स्कूलमा कार्स मेन्टरशिप इनिसिएटिभ (केएमआइ) क्याम्प बिहीबार सम्पन्न भयो ।
अमेरिकाको ड्युक विश्वविद्यालयको सहकार्य र शान्ति निकेतन स्कूलको आयोजनामा सोमबारदेखि उक्त क्याम्प शुरु भएको थियो । केएमआइले नेपालको विभिन्न विद्यालयहरुका यस्तो कार्यक्रम गर्र्दै आएको छ । विद्यार्थीहरुमा व्यक्तित्व र नेतृत्व क्षमता विकास गर्नका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो । गतवर्षहरुको प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको मूल्याङ्कन गर्दै अन्तर्राष्ट्रिय संस्था केएमआइले उक्त क्याम्प आयोजना गरेको प्रशिक्षक हेनरी युनले बताए ।

क्याम्पमा शान्ति निकेतन स्कूलमा अध्ययनरत ९ र १० विद्यार्थीलाई प्रशिक्षक हेनरी युनले अमेरिकाको अध्ययन विधि, समूहमा काम गर्ने बानीको विकास, कसरी आत्मविश्वासी बन्दै अघि बढ्ने लगायतका बारेमा प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा ड्युक विश्वविद्यालयका मारिया सुहेल, लक्ष्मी रजकले सहजीकरण गरेका थिए । क्याम्पको समापन कार्यक्रममा बोल्दै एसओएस हर्मन माइनर पूर्व प्रअ र एसभिएम स्कूल भक्तपुरका प्रअ शंकर पौडेलले केएमआइले पोखराको शान्ति निकेतनमा  कार्यक्रम आयोजना गरि पोखरा–अमेरिकाबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको बताए । कार्यक्रम मा एसओएस हर्मन माइनर स्कूल भक्तपुरका प्रधानाध्यापक विनोद बरालले क्याम्पले विद्यार्थीमा थप आत्मविश्वास बढ्ने दावी गरे ।

कार्यक्रममा शान्ति निकेतनका प्राचार्य महेश्वर पराजुलीले अमेरिकाको केएमआइले आफ्नो विद्यालयमा क्याम्प आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे । उनले क्याम्प संचालन गरेपछि आफ्ना विद्यार्थीहरुमा अमेरिकाको केही ज्ञानहरु थपिएको भन्दै यसले विद्यार्थीैको वौद्धिक क्षमता बढ्ने स्पष्ट पारे । समापन कार्यक्रममा केएमआइका प्रशिक्षक हेनरी युन, सहजकर्ता लक्ष्मी रजक, शान्ति निकेतनका शैक्षिक प्रमुख यदुविलास भुत्र्याल र प्रशिक्षार्थीको तर्फबाट कक्षा ९ की छात्रा जागृती कोइरालाल लगायतले क्याम्पको बारेमा आ–आफ्नो भनाइ राखेका थिए ।
उक्त अवसरमा प्रशिक्षार्थीहरु लाई केएमआइले प्रमाणपत्र र विद्यालयले प्रशिक्षक युन, सहजकर्ता रजक र मारियालाई मायाको चिनोले सम्मान गरिएको विद्यालयका संचार संयोजक हेम सुवेदीले जानकारी दिए ।


Post a Comment

 
Top