0
गोल्डेन न्यूज संवाददाता
नेपालका प्रथम जगत गुरु अनन्त श्री विभुषित बालसन्त मोहनशरण देवाचार्य महाराजजीको  नेपाल भम्रण केही दिनअघि सुदूरपश्चिमको कञ्चनपुर जिल्लाबाट शुरु भएको छ । हालसम्ममका दिनमा २५ जिल्लाको भ्रमण पुरा गरी आज कास्कीको पोखरामा  आउँदैछन् । जगदगुरु पोखरा आइ विभिन्न कार्यक्रममा सहभागी हुने पदयात्रा व्यवस्थापन समिति कास्कीले जनाएको छ । समितिका संयोजक टेकन गिरीले दिएको जानकारी अनुसार कञ्चनपुर जिल्लाको भम्केनी जगद गुरु पिठमा स्थापना हुने नेपाल आमाको ७५ फिट अग्लो अष्ठ धातुको मुर्ति स्थापना हुँदैछ । उक्त मूर्ति स्थापनाका लागि सबै नेपालीको लगानीको आवश्यकता र टुटेका नेपालीका मन जोड्ने समेत जगत गुरुको पदयात्रा तथा नेपाल भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । जगद गुरुको भव्य स्वागत तथा प्रवचनमा सहभागिता   र मुर्तिमा अमूल्य लगानीका लागि सहयोग गर्न समेत समितिले आग्रह गरेको छ ।


Post a Comment

 
Top