0
नेपाली सेनाका सेनापति राजेन्द्र क्षत्रीले सरकारले दिएको जुनसुकै जिम्मेवारीलाई दृढतापूर्वक पूरा गर्ने बताएका छन् । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अन्तर्गत बागलुङ–मालढुङ्गादेखि टाकुरीसम्मको १४ किमी सडकको उद्घाटन गर्दै उनले देश विकासका लागि सेनाले सशक्त भूमिका खेल्ने उल्लेख गरे । “सम्बन्धित निकायले दिएको जिम्मेवारी पूरा गर्न नेपाली सेना सधैँ कटिबद्ध छ,” प्रधानसेनापति क्षत्रीले भने–“हामीसँग दक्ष जनशक्ति, स्रोतसाधन र काम गर्ने कटिबद्धता छ ।” उनले कालिगण्डकी करिडोरमात्रै नभएर देशका अन्य विकास निर्माणका काममा नेपाली सेना खटिएको बताए । सामरिक हिसाबले महत्वपूर्ण, अन्य निकायले नसक्ने र कठिन क्षेत्रमा सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिनसमेत उनले आग्रह थियो । हामीलाई नेपाल सरकार र सम्बन्धित निकायको विश्वासको खाँचो छ, हामी जस्तोसुकै दायित्व निर्वाह गर्न तयार छौँ,” क्षत्रीले भने–“देश विकासको काममा लाग्न पाउँदा हामीलाई गौरवको अनुभूति भइरहेको छ ।” सेनापति क्षत्रीले सम्बन्धित निकाय र सर्वसाधारण नागरिकले नेपाली सेनाप्रति देखाएको विश्वास र प्रेमको प्रशंसा गरे । उनले नेपालको उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोेटो दूरीको कालिगण्डकी करिडोर रणनीतिक र सामरिक हिसाबले पनि महत्वपूर्ण रहेको बताए । “कालिगण्डकी करिडोर आर्थिक, सामाजिक, राजनीतिक हिसाबले पनि महत्वपूर्ण छ,” उनले भने–“नेपाली सेनाको अध्ययनमा यो करिडोर सामरिक र रणनीतिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ । विकास समितिका सभापति रवीन्द्र अधिकारीले सेनाले एक वर्षको समयावधिभन्दा पहिल्यै १० महिनामै मालढुङ्गा–टाकुरी खण्ड पूरा गरेकामा प्रशंसा गरे । सभापति अधिकारीले रणनीतिक महत्वका र कठिन क्षेत्रमा सेनालाई सडक निर्माणको जिम्मा दिइनुपर्ने बताए । अधिकारीले भने–“विकास समितिका तर्फबाट सेनालाई पूर्वाधार विकासको क्षेत्रमा लगाउने विषयमा पूर्ण सहयोग रहेनछ । हामीले बजेट अभाव हुन दिने छैनौँ ।” मार्ग खोल्न बाँकी उक्त खण्डको निर्माण जिम्मा पनि सरकारले नेपाली सेनालाई दिएको छ । सेनाले यसअघि गुल्मी खण्डको ४२ किमी र म्याग्दी–मुस्ताङ खण्डको समेत काम सम्पन्न गरेको थियो । रासस





Post a Comment

 
Top