0
गोल्डेन न्यूज संवाददाता
लामो समयको अमेरिका बसाईपछि नेपाल आएका गायक कर्णदासले आफ्नो एल्वम विक्रीबाट आएको रकमबाट पोखरा वृद्धाश्रममा नगद सहयोग गरेका छन् । पोखरा वृद्धाश्रममा पुगेर कर्णदासले अघिल्लो महिना अष्टे«लियामा भएको आफ्नो सांगितिक यात्राको दौरान एल्वम विक्रीबाट प्राप्त आम्दानी मध्येबाट ंनगद ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । कर्णदासले यसअघि पोखरा वृद्धाश्रमको शुरुवाती चरणमा फर्निचर, लत्ताकपडा तथा २ महिनाका लागि पुग्ने खाद्यान्न सामग्री सहयोग गरेका थिए । सो अवसरमा उनले वृद्ध अवस्थाका आमा बुबाहरुलाई सानो सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । आगामी दिनमा पनि पोखरा वृद्धाश्रमलाई आफ्नो सहयोग निरन्तर जारी रहने समेत उनको प्रतिबद्धता थियो । दासले आफ्नो पहिलो गीत जिन्दगीको के भरोसा बोलको गीत समेत प्रस्तुत गरेका थिए । पोखरा वृद्धाश्रमका अध्यक्ष वसन्तकेशव पराजुलीले गायक कर्णदासले निकै अफ्टेरो समयमा सहयोग पु¥याएको भन्दै वृद्धाश्रमले जहिले पनि सम्मान र आदर गर्नुपर्ने व्यक्तित्व भएको उल्लेख गरे । वृद्धाश्रमको संचालनको मुख्य आधार जनसहयोग रहेको अध्यक्ष पराजुलीले जानकारी दिए । २०५३ सालमा शुरु भएको पोखरा वृद्धाश्रममा हाल विभिन्न १४ जिल्लाका ज्येष्ठ नागरिक तथा स्वयंसेविका गरी ६५ जना रहेका छन् ।








Post a Comment

 
Top