0
गोल्डेन न्यूज संवाददाता
सुजल फुड्सको उत्पादन ‘टफी’ र ‘बबलगम’ खाद्य ऐन अनुसार नभएको भन्दै दुषित खाद्य पद्धार्थ उत्पादन, सञ्चयन र विक्री वितरण गरेको आरोपमा छुट्टा–छुट्टै २ वटा मुद्धा दायर गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा खाद्य ऐन २०२३ को दफा ११ अन्तर्गत दायर गरिएको मुद्धामा सुजल फुड्स प्रालिले उत्पादन र विक्री वितरण गर्दै आएको टफी ¥यापरबाट बाहिर निस्किएको, सडेगलेको र नमिठो स्वाद भएको भनि जिल्ला खाद्य निरीक्षण कार्यालय कास्कीका खाद्य निरीक्षक हरिसिंह बोहराले सुजल फुड्स प्रालि पोखराका उद्योगपति सुनिल श्रेष्ठ विरुद्ध मुद्धा दायर गरेका हुन् । खाद्य निरीक्षक बोहराले दायर गरेको मुद्धामा लगाइको अभियोगमा २०६५ असोज ६ मा शैलेश्वरी ट्रेडर्स एण्ड कन्सर्न धनगढीबाट लिइएको सुजल ब्राण्डको टफी दुषित भएको पुष्टि गरिएका कागजपत्र र शैलेश्वरी ट्रेडर्सका संचालक जगदीश जोशी र उद्योगपति सुनिल श्रेष्ठको बयानका आधारमा २०६७ पुष २६ मा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले समेत निर्णय दिएको उल्लेख गरिएको छ । जसअनुसार विक्रेता जगदीश जोशीलाई आप्mनो उत्पादन नभएकाले कार्वाही गर्न नपर्ने तर उद्योगपति सुनिल श्रेष्ठले खाद्य ऐन २०२३ संशोधन सहितको दफा ३ बमोजिम कशुर गरिएको ठहर गरेकोले सोही ऐनको दफा ५ (३) बमोजिमको दण्ड सजाय हुनेगरि जिल्ला सरकारी वकिलको कार्यालयले निर्णय गरेकाले सोही अनुसार कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय कास्कीमा मुद्धा दायर गरिएको हो । 
सोही अभियोगका बारेमा जिल्ला खाद्य निरीक्षण इकाइ कास्कीका खाद्य निरीक्षक शिवजी बरालसंग सुनिल श्रेष्ठले दिएको बयानमा भनेका छन्–‘आफ्नो उद्योगमा प्रयोगशाला जाँच र विष्लेषण पछिमात्र उत्पादनहरु विक्री वितरण गरिने भएकोले टफीमा हाल्नुपर्ने कच्चा पदार्थ कामदारले कम हालेको कारण वा व्यापारीले राम्रो स्टोरेज नगरेका कारण टफी पग्लिएर सडेगलेको तथा स्वाद बिग्रिएको हुन सक्छ ।यसैगरी जिल्ला प्रशासन कार्यालय कास्कीमा दायर भएको अर्को मुद्धा खाद्य निरीक्षक खेमराज काफ्लेको जाहेरी प्रतिवेदनबाट परेको हो । उक्त मुद्धामा पनि सुजल फुडस्का सुनिल श्रेष्ठलाई नै प्रतिवादी बनाइएको छ । मुद्धामा २०६४ मंसिर १० खाद्य निरीक्षक काफ्लेले स्याङ्जाको प्रगति नगरस्थित अशोक एण्ड अमृत स्टोर्सबाट बबलगमको नमूना लिइ परीक्षण गर्दा प्याकिङ गरिएको खाद्य पद्धार्थ राख्ने भाँडाको लेभलमा सम्पूर्ण विवरण खुलाउनुपर्ने उत्पादन मिति र व्याच नम्बर उल्लेख नभएको जनाएको छ । सार्वजनिक विष्लेषकको प्रतिवेदनमा सुजल फुडस्को उत्पादन बबलगम नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर परिधिभित्र नपरेको उल्लेख छ । 
यसै विषयलाई लिएर विक्रेता अशोक एण्ड अमृत स्टोर्सका अमृत श्रेष्ठसंग बयान लिंदा उनले यो दोष विक्रेताको नभइ उत्पादकको हुने भनेको र उद्योगपति सुनिल श्रेष्ठसंग बयान लिंदा आफ्नो गल्ती स्वीकार गरेकोले खाद्य नियमावली २०२७ संशोधनसहितको नियम १८ (१), च बमोजिमको कसुर गरेको ठहर गर्दै खाद्य ऐन २०२३ को दफा ५ (५) बमोजिम दण्ड सजायँ गर्न जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले निर्णय गरेकोले सोही अनुसार कार्वाही गर्न जिल्ला प्रशासन कार्यालयमा खाद्य निरीक्षक बरालले मुद्धा दायर गरेका हुन् ।






Post a Comment

 
Top