0
गोल्डेन न्यूज संवाददाता
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीले सरकारले गर्न नसकेको काम बालगृह सञ्चालकहरु गरेको बताएका छन् । बुधबार पोखरामा बालगृह सञ्जाल कास्कीले आयोजना गरेको बालगृह सञ्चालन कार्यविधि अभिमुखीकरण तथा अन्तत्र्रिmया कार्यक्रममा बोल्र्दै रेग्मीले देशमा हजारांै बालबालिका अभिभावक विहिन भएपनि सरकारले अहिलेसम्म एउटा पनि बालगृह सञ्चालन गर्न नसकेको बताए । उनले अहिले बालगृह संचालकहरुले सहारा विहिन बालबालिकाको पालन, पोषण, शिक्षा, स्वास्थ्यमा योगदान पु¥याएकामा प्रसंसा गरे । उनले कास्कीमा मात्रै १ हजार ५ सय बालबालिका बालगृहमा रहेको स्पष्ट पार्दै बालगृहमा रहेका बालबालिकाको नागरिकता समस्या समाधान गर्न पहल गर्ने खाचो औंल्याए । उनले बाबु–आमाको परिचय नखुलेको तर नेपालमै जन्मेका बालबालिकालाई जन्मको आधारमा नेपाली नागरिकता दिन सकिने स्पष्ट पारे । महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी जिसिले बालगृहहरुमा पूर्ण बाल अधिकार प्रत्याभूति हुनुपर्नेमा जोड दिंदै अभिभावक विहीन बालबालिकालाई संरक्षण गरेर बालगृहहरुले महत्वपूर्ण काम गरेको बताइन । जिल्ला बालकल्याण समितिका बद्री वाग्लेले कास्कीका बालगृहहरु अन्य जिल्लाको तुलनामा राम्रो भए पनि अझै राम्रो हुनुपर्नेमा जोड दिए । उनले कास्कीका सबै बालगृह ए ग्रेड र वी ग्रेडका कम्तिमा हुनुपर्नेमा जोड दिए । बाल गृह सञ्जाल महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष रमेश खतिवडाले कास्कीमा हुने गरेका राम्रो कामले केन्द्रले सिको गर्ने अबस्था आएको स्पष्ट पारे । बालगृह सञ्जालका कास्कीका सल्लाहकार अग्नीप्रसाद कंडेलले बालगृह सञ्चालकहरुले आफ्ना गतिविधि पारदर्शीरुपमा संचालन गर्ने र सरकारकी प्रतिनिधिले बालगृह सञ्चालकहलाई सहयोगीको रुपमा हेर्नुपर्नेमा जोड दिए । उनले बालगृह सञ्चालन गर्नु आफैमा चुनौती रहेको स्पष्ट पार्दै बालगृह सञ्चालनले सडकमा सडक बालबालिकको सङख्यामा पनि कमि आएको बताए । बाल गृह सञ्जाल महासंघका केन्द्रीय सचिव विजय कुमार प्रधानले कास्कीमा १ हजार ५ सय बालबालिका बालगृहहरुमा रहेको बताउँदै देश भरी रहेका ५ सय ९८ बालगृहमा करिब १७ हजार हजार बालबालिका बालगृहमा रहेको जानकारी दिए । बालगृह सञ्जाल कास्कीका अध्यक्ष गोमा ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका अधिकाश बालगृहका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।







Post a Comment

 
Top