0
गोल्डेन न्यूज संवाददाता
एकीकृत नेकपा माओवादीले अध्यक्ष प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेको छ । उसले एमाले, कांग्रेस, राप्रपा नेपाल लगायत सबै दललाई एमाओवादी नेतृत्वमा गठन हुने सहमतिको सरकारमा सहभागी हुन अपीलसमेत गरेको छ । प्रचण्ड निवास लाजिम्पाटमा बुधबार बिहानै बसेको एमाओवादी पदाधिकारीको बैठकले प्रचण्डको नेतृत्वमा सरकार बनाउने र यसका लागि सबै दललाई सार्वजनिक अपील गर्ने निर्णय गरेको हो । हामीले राष्ट्रिय स्वाधिनता, संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पुनर्निर्माण लगायतका विषयलाई केन्द्रविन्दुमा राखेर केपी ओलीको नेतृत्वलाई समर्थन गरेका थियौं,’ पदाधिकारी बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने,‘तर हामीले बारम्बार ध्यानाकर्षण गराउँदा पनि सरकारबाट काम भएन ।’ एमाओवादी पदाधिकारी बैठकले अब एमाओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गर्दै यसमा साथ दिन सबै दललाई अपील गर्ने निर्णय गरेको श्रेष्ठले बताए । नेपाली कांग्रेसले एमाओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेको जानकारी दिँदै श्रेष्ठले यसमा अन्य दलहरुलाई आग्रह गरिएको बताए । बैठकपछि अध्यक्ष प्रचण्ड द्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘राष्ट्रिय स्वाधिनता एवम् स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बााकी कार्यभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधानसहित संविधान कार्यान्वयन र पुनर्निर्माणको कार्यलाई केन्द्रबिन्दुमा राखेर हाम्रो पार्टीले राष्ट्रिय सहमतिमा जोड दिँदै नेकपा (एमाले) को नेतृत्वको वर्तमान सरकार गठन गर्न पहल गरी सहभागी भएको हो । हाम्रो पार्टीले उपयुक्त विषयहरुमा लगातार सरकार एवम् एमाले नेतृत्वसँग गम्भीर ध्यानाकर्षण गराएका हौं । तर वर्तमान नेतृत्व अन्तर्गत सरकारले त्यस दिशामा परिणाममुखी कार्य अगाडि बढाउन सकेको देखिएन । यस स्थितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कााग्रेसले समेत हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी उपरोक्त कार्यभार पुरा गर्न प्रस्ताव सहित सहमति जनाएको स्थितिमा हाम्रो पार्टी, नेकपा एमाले तथा राप्रपा नेपाल, जनअधिकार फोरम (लोकतान्त्रिक) लगायतका सबै पार्टीलाई हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी साझा कार्यभार पुरा गर्ने प्रक्रियामा अघि बढ्न अपील गर्दछ ।’ पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाओवादी सचिव वर्षमान पुनले सहमतिको सरकारका लागि राप्रपा नेपाल, एमाले र फोरम नेपालसँग छलफल भइसकेको बताए । नेपाली कांग्रेसले अगाडि बढ्नोस् भनेको हुनाले आफूहरु अगाडि बढेको पुनले बताए । यसैबीच प्रधानमन्त्री निवास बालुवटारमा बुधबा बसेको सत्तापक्षीय पार्टीको बैठकमा एमाओवादी अनुपस्थित भएको छ । दिउसो चार बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिला गर्दा पनि नआएपछि एमाओवादी बाहेकको छलफल सुरु भएको छ । बैठकमा एमाओवादीबाहेक सबै सत्तारुढ पार्टीको सहभागिता रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।








Post a Comment

 
Top