0
नेत्र पन्थी
प्रचण्ड र बादल कुनै बेला आफूलाई चिनियाँ सांस्कृतिक क्रान्तिका पक्षपाती ठान्थे । कुनैबेला प्रचण्ड–बादलले माक्स र एंगेल्सजस्तो सम्बन्ध बनाउन खोजेका थिए । तर, यस्तो बेला पनि आयो, केन्द्रीय समिति बैठकमै बादलले आत्माआलोचना गर्नुप¥यो । जतिबेला अध्यक्ष प्रचण्ड थिए र सङ्गठनको कमान्ड महासचिव बादलको हातमा थियो । त्यहीबेला राजनीतिक घटनाक्रम र पार्टीजीवनमा उथल–पुथल भयो, प्रचण्ड–बादल सम्बन्धविच्छेद भयो । शान्तिप्रक्रियायता पार्टी्भित्र प्रचण्डको एकलौटीपन बादललाई खासै मन परेको थिएन । उनले धोबीघाटमा गएर वैद्य–बाबुराम–नारायणकाजीसँग गठबन्धन बनाउनुको कारण पनि यही थियो ।जनयुद्धको सुरुसँगै देखापरेको प्रचण्ड–बादलबीचको मनमुटाव पार्टी विभाजनसँग आउँदा धेरै उतार–चढावबाट गुज्रियो । मगर जातिबाट आएका बादल र ब्राहृमण जातिका प्रचण्डबीचको झगडा पनि पेचिलो नै हुन गयो । मिल्दा पनि धेरै मिल्ने उनीहरु र झगडा गर्दा पनि उत्तिकै गर्थे । भिन्दै परिवेश र संस्कारसहित आएका यी दुई नेताको नारायणी नदीको किनारामा मिलन भयो । तर, पछि दुई नेताको सम्बन्ध नारायणी नदीको दुई किनाराजस्तो बन्यो । माओवादीका पुराना नेता भक्तबहादुर श्रेष्ठ  बादल–प्रचण्ड सम्बन्धबारे भन्थे,–‘सँगै हिँड्थे, गजबको एकता थियो । बादललाई प्रचण्ड प्रस्तावक अनि अमिक शेरचन समर्थक भएर पार्टी सदस्यता दिएका थिए । तर, जब पार्टी्भित्र एकपछि अर्को गर्दै बादलले प्रचण्डलाई चुनौती दिन थाले, यी दुईबीचको सम्बन्धमा क्रमशः दरार पर्न थालेको इतिहास छ । र त्यसमा आगो थप्यो बादलमाथि लागेको ‘सांस्कृतिक विचलन’को आरोपले । जब बादलजीलाई कारबाही भयो, त्यतिबेला मनमुटाव त भइहान्ले भो,’ माओवादी नेताहरु भन्दथे,–‘तर अनुशासनको कारवाही निःशर्त बादलले स्वीकार गर्नुभयो र पार्टी नीतिमै चल्नुभयो । पछि उहाँको कारबाही फिर्ता पनि भयो ।’ प्रचण्ड बादललाई कारवाही गर्दा रोएका थिए । कारवाहीको केही समयपछि बादल पुनः पार्टीको जिम्मेवारीमा फर्केका थिए । चुनवाङ बैठकमा आरापे प्रत्यारोपसँग आलोचना आत्मआलोचाना गरे प्रचण्ड–बादल दुबैले । विगतका तीता मीठा अनुभूति भुलेर नयाँ सम्बन्ध बनाएका थिए । तर , ०६२ असोज कात्तिकको चुनवाङ बैठकमा लागेको मल्हम ०६८ मै उक्कियो । चुनवाङपछि प्रचण्ड–बादल सम्बन्धमा धमिरा लागेको ०६८ मै हो । त्यसबेला एक अर्कालाई हेर्ने दृष्टिकोण पहिलेभन्दा फरक भयो, अविश्वास र शङ्का पनि । प्रचण्डले बादललाई विश्वास गर्न छाडे । बादलले प्रचण्डसँग भेटेर मनका कुरा गर्न चाहेनन् । एकले अर्कोप्रतिको शंका नै समस्या बन्यो । आफूविरुद्धको धोबीघाट गठबन्धनमा बदल सहभागी भएकोमा प्रचण्डको असन्तुष्टि थियो । आपसी अविश्वास बढ्दै गयो, ०६९ असारमा औपचारिक रुपमै सम्बन्धविच्छेद भयो । पेरिसडाँडा हेडक्वार्टरमा रहेको बादलको कोठा बुद्धनगरमा स¥यो । बादल (यौनजन्य) कार्वाही परेका बेला बादल–नैनकलाबीच तनाव भयो । सम्बन्धविच्छेदको तहमा जाने हो कि भन्नेसम्म भयो । तर , बादल–नैनकला सम्वन्ध टुट्नुहुँदैन भनेर सीताले भूमिका खेलिन्, अड्डी कसिन् । ‘लिनप्याओवाद प्रवृत्ति’ मूल नेतृत्वलाई सिध्याउने प्रवृत्ति मानिन्छ कम्युनिष्ट विचारधारामा । यस्तो संगीन आरोपसहित आफूमाथि कारवाही गरेपछि प्रचण्डप्रतिको विश्वास घट्यो बादलमा । यसले प्रचण्ड–बादल सम्बन्धलाई निकै नराम्रोसँँग बिगा¥यो, जुन कुरा बादलले चुनवाङ बैठकमा प्रस्टका साथ राखे । वादलले भनेका थिए,–‘पार्टी निर्माण गर्दा हामीले बाचा गरेका थियौं, दुनियाँका सबै जल्लादले जतिसुकै आँधीबेहरी सृष्टि गरे पनि हाम्रो आत्मीय सम्बन्ध कहिल्यै टुट्ने छैन । हामी सिद्धिनेछौं, तर झुक्ने छैनौं, टुट्ने छैंनौं । यसपटक त्यो वाचा स्मरण पनि गर्रुयौं । तर, कमरेडहरु हुरी आयो, तुफान आयो र ती हुरीबतासले हामीमा दरार पैदा ग¥यो । त्यो दरारबाट धेरै धमिरा पसे र आज हाम्रो पार्टी र हाम्रो समबन्ध धमिरा लागेको सम्बन्ध बन्यो ।’ बादलले प्रचण्डको नेतृत्वलाई चुनौती दिनेगरी बाबुराम, पम्फा भुसाललगायतका नेताहरुसँग छलफल गरेको भन्ने अपुष्ट कुरा युद्धकालमा हुने गर्थे । तर, यसलाई आधार मानी बादललाई ‘लिनप्याओवादी प्रवृत्ति’ प्रतिनिधि–पात्रका रुपमा पार्टीमा आन्तरिक निर्देशिका जारी गरियो । यो बादलका लागि चित्त अप्रसन्नताको कुरा भयो । यो विषय चुनवाङ बैठकमा सच्याइयो ।

सीता र नैनकलाको छायाँ

बादलपत्नी नैनकलाकै योजनामा प्रचण्डको ५० औं ‘बर्थ डे’ मनाइएको थियो दिल्लीमा । सीता र नैनकलाले त्यसबेला टोपबहादुर रायमाझीको दिल्लीको रोहणीस्थित डेरामा गएर ‘बर्थ डे’ को कार्यक्रम तय गरेका थिए । टोपबहादलुरकी पत्नी सीमाले समन्वय गरेकी थिइन् । नेतापत्नीहरुको इच्छा पूरा गरिदिन ५० औं जन्मदिवस मनाएका थिए प्रचण्डले । आफ्ना पतिहरुको सम्बन्धलाई राम्रो बनाउन चाहन्थे सीता र नैनकला । तर, कहिलेकाहीँ केही घटनाले पत्नीहरुबीच पनि मनमुटाव गराउँथ्यो । सीता र नैनकलाबीचको ‘टकराव’ पनि दुई नेताको सम्बन्धमा केही समस्या गराउन सहयोगीजस्तै भयो । प्रचण्ड–बादलको जस्तो सम्बन्ध हुन्थ्यो, त्यसको असर सीता नैनकलामा पनि देखिन्थ्यो । सीताले र नैनकला आफ्ना श्रीमान प्रचण्ड–बादलको सुरुवाती दिनका लोभलाग्दो सम्बन्धले पार्टीका अन्य नेताका पत्नीहरुलाई समेत सुनाउँथे । अवस्था यस्तोसम्म थियो, शिक्षकको जागिर छाडेर प्रचण्ड भूमिगत भए । प्रचण्डको परिवार ठूलो थियो । बादलको परिवार हुनेखाने थियो । बादलको परिवार कहिलेकाँही प्रचण्डको परिवारलाई सहयोग गथ्र्यो । नैनकला आफैं पनि जान्थिन् सीताकहाँ कोसेली बोकेर । आवश्यक सहयोग चाहिन्छ कि भनेर सोधिखोजी गर्थिन् । जब आचरणको विषयमा बादलमाथि कारवाही भयो, सीता नैनकला सम्बन्धमा पनि समस्या आयो । ‘बाहुन बाठा हुन्छन्, कतै बाहुनहरुले मेरो श्रीमानलाई जानीजानी बिगारेका त होइनन् ?’ नैनकलाको शंका हुन्थ्यो । बादलले पनि समस्या केही हुँदैन, हल गर्छौं’ भनेर प्रचण्डलाई पूर्णकालीन हुन उत्साह थपेका थिए । जनयुद्धभन्दा पहिला सीतालाई साडी उपहार दिन्थिन् नैनकला । हङकङबाट आफूलाई दाइहरुले उपहार ल्याइदिएका हुन्थे, नैनकला सीतासम्म पु¥याउँथिन् । जब आचरणको विषयमा बादलमाथि कारवाही भयो, सीता नैनकला सम्बन्धमा पनि समस्या आयो । ‘बाहुन बाठा हुन्छन्, कतै बाहुनहरुले मेरो श्रीमानलाई जानीजानी बिगारेका त होइनन् ?’ नैनकलाको शंका हुन्थ्यो, यो कुरा उनी पार्टीका अन्य नेताका पत्नीसँग बेलाबेलामा भन्थिन् । एकपटक सीता दिल्लीमा थिइन् । नैनकलाले उनको बसाइ र खर्चको विषयमा कुरा उठाइन् । त्यसबेला उनीहरुबीच राम्रो सम्बन्ध थिएन । बादल (यौनजन्य) कारवाही परेका बेला बादल–नैनकलाबीच तनाव भयो । सम्बन्धविच्छेदको तहमा जाने हो कि भन्नेसम्म भयो । तर, बादल–नैनकला सम्वन्ध टुट्नुहुँदैन भनेर सीताले भूमिका खेलिन्, अड्डी कसिन् । ‘सम्बन्ध विच्छेदको कुरा कहाँबाट आयो ? तपाईंलाई दुःखमा साथ दिइन्, अहिले सुट भइनन् रे । यो भएन, त्यो भएन भन्न कसरी पाइन्छ ? कसरी अर्को बिहे गर्न पाइन्छ ? यो हुँदैहुँदैन । यो निर्णय भए जे पनि हुनसक्छ,’ प्रचण्ड बादलसँग भएका बेला सीता कड्किइन् । जब सीताले ‘आत्महत्या गर्न सक्ने धम्की दिइन्, बादल–नैनकला बीचको तनाब टुङ्गियो । त्यसपछि शिक्षक बाट राजीनामा गरिन् नैनकलाले । अनि पार्टी काममा हिँडिन् बादलसँगै । बादल–नैनकला सम्बन्धविच्छेद भए भविष्यमा आफूसहित पार्टीका सबै नेताका पत्नीमाथि खतरा हुने देखिन् सीताले । यस्तो चासोसहित सीता नैनाकलाको पक्षमा लडिन् । यो घटनापछि सीता–नैनकला समबन्ध सुमधुर भयो । एकपटक प्रचण्डले ‘बाबुरामसँग मिलेर पार्टी विभाजन गर्न खोजेको र हेडक्वार्टर कब्जा गर्न खोजेको  आरोप’ बादलमाथि लगाए । बादलले वैद्य र बाबुरामलाई उक्साएको प्रचण्डको शंका थियो । अनन्त पनि त्यो गुटमा लागेको भनेपछि उनलाई हटाए प्रचण्डले । त्यसबेला फेरि सीता–नैनकला सम्बन्धमा समस्या आयो । बादलले ‘मेरो श्रीमान्लाई हटाउन षडयन्त्र गरे’, भन्ने सीतालाई लागेछ । त्यसपछि सीता–नैनकलाबीच सम्बन्ध राम्रो भएन ।
(स्रोत ः पत्रकार पन्थीको किताब ‘डिभोर्स’ बाट)






Post a Comment

 
Top