0
हरि पन्त
पोखरा ४ वैशाख ।
बालकृष्ण बुर्लाकोटीडिष्ट्रिक्ट गभर्नर
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालले चौथो डिष्ट्रिक्ट कन्भेन्सन शनिबार पोखरामा सम्पन्न भयो । कन्भेन्सनबाट लायन वर्ष २०१६/०१७ का लागि बालकृष्ण बुर्लाकोटी डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका छन् । उनले कूल खसेको ३५४ मतमध्ये ३२६ एस मत पाए । लायन्सको विधान अनुसार कुनैपनि पदमा विजयी हुनका लागि कुलु खसेको ५० र अतिरिक्त १ गरि ५१ प्रतिशत मत अर्थात एस भोट ल्याउनुपर्छ । 
२००८ मा लायन्स क्लव अफ काठमाडौं गोंगवुका चाटर्ड प्रिसिडेन्ट र २००९ मा क्वल प्रिसिडेन्ट बनेका डिष्ट्रिक्ट गभर्नर बुर्लाकोटीको २०१० देखि नै डिष्ट्रिक्टको यात्रा शुरु भएको थियो । उनी लायन वर्ष २०१० मा डिपुटी क्याविनेट ट्रेजरर, २०११ मा जोन चियर पर्सन, २०१२ मा पिआरओ इन चिफ, २०१३ मा चिफ एड्भाइजर, २०१४ मा सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर, २०१५ मा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर हुँदै आगामी वर्षका लागि डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका हुन् । उनी काठमाडौं गोंगवु निवासी हुन् ।
धनराज आचार्यप्रथम भाइस डिष्ट्रिक्ट गभर्नर
यसैगरी डिष्ट्रिक्टको प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा पोखरा, नयाँबजारका धनराज आचार्य निर्वाचित भएका छन् । कूल खसेको ३५४ मतमध्ये ३०९ एस भोट पाएर उनी निर्वाचित भएका हुन् । लायन वर्ष २००४ मा लायन्स 
क्लव अफ पोखरा सेन्ट्रल टाउनबाट लायन्समा आफ्नो शुरु गरेका आचार्य २००८ मा क्लवको प्रिसिडेन्ट भएर काम गरेका थिए । यस्तै २००९ मा डिष्ट्रिक्टको जोन चियर पर्सन हुँदै २०१० मा रिजन चियर पर्सन, २०११ पिआरो इन चिफ, २०१२ मा क्याविनेट सेक्रेटरी, २०१३ मा एडभाइजर, २०१४ मा डिष्ट्रिक्ट चिस एडभाइजरका साथै २०१५ मा द्वितीय भाइस डिष्ट्रिक्टमा निर्वाचित भएका थिए ।
यसैगरी सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा तनहुँ, दमौलीका अशोक श्रेष्ठ निर्वाचित भएका छन् । उनले कूल खसेको ३५४ मध्ये ३४७ एस भोट पाएर विजयी भएका हुन्।
अशोक श्रेष्ठ सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर
१९८८ मा लायन्स क्लव अफ तनहुँबाट लायन्समा आफ्नो यात्रा शुरु गरेका श्रेष्ठ १९९५ मा क्लव प्रिसिडेन्ट भएका थिए । १९९६ देखि डिष्ट्रिक्टमा पाइला चालेका श्रेष्ठ २००७ मा डिष्ट्रिक्ट चियरपर्सन, २०१४ र २०१५ मा डिष्ट्रिक्ट चिफ एड्भाइजर बन्न सफल भएका थिए । उनी संचार उद्यमी समेत हुन् ।

यसैबीच डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित बालकृष्ण बुर्लाकोटीले पदाधिकारी समेत शनिबार नै चयन गरेका छन् । उनले डिष्ट्रिक्ट सेक्रेटरीमा काठमाडौंका कृष्ण आचार्य, ट्रेजररमा काठमाडौंकै वासुदेव आचार्य, डिष्ट्रिक्ट चिफ एडभाइजरमा काठमाडौंकी ईन्दु लम्साल, पिआरओ इन चिफमा म्याग्दीका चन्द्रकुमार केसीलाई चयन गरेका छन् । 
यसैगरी लियो डिष्ट्रिक्ट प्रिसिडेन्टमा एस भोटका आधारमा निरञ्जन डंगोल विजयी भए भने भाइस प्रिसिडेन्टमा राजेन्द्र बरालले सरोज भण्डारीलाई १ मतले पराजित गरि निर्वाचित भएका छन् । 
गभर्नरमा निर्वाचित भएपछि बोल्दै उनले आफूले पाएको भोटलाई कहिल्यै पनि अपमानित हुन नदिने र डिष्ट्रिक्टलाई अझै माथि पु¥याउन प्रयत्न गर्ने प्रतिवद्धता जनाए ।
सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले लायन्समा हृदयदेखि नै सेवा गर्न आएको भन्दै कसैको करकारपले काम नहुने स्पष्ट पारे । ७ वर्ष अघि आफू एउटा मिसन लिएर लायन्समा प्रवेश गरेको र त्यो मिसन पुरा हुनेक्रममा रहेको भन्दै उनले आफ्नो पक्षमा आएको नो भोटले खासै अर्थ नराख्ने तर गम्भीर रुपमा लिएको बताए । उनले वर्ष गभर्नर हुँदा शतप्रतिशत एस भोग ल्याउने गरि काम गर्नुका साथै नेपाली राष्ट्रिय झण्डा र अन्तर्राष्ट्रिय झण्डाको स्वाभिमानलाई कहिल्यै गिर्न नदिने प्रतिवद्धता जनाए । 
सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर अशोक श्रेष्ठले डिष्ट्रिक्टलाई अझ गतिशिल बनाउन र समग्र लायन्सलाई नै अघि बढाउन आफू प्रयत्नशिल हुने स्पष्ट पारे ।   कार्यक्रममा लियोका डिष्ट्रिक्ट प्रिसिडेण्ट निरञ्जन डंगोल, सेकेण्ड भाइस प्रिसिडेन्ट राजेन्द्र बरालले पनि आगामी दिनमा गर्ने कामहरुका बारेमा जानकारी गराएका थिए । 
नयाँ पदाधिकारीहरुलाई शुभकामना दिंदै डिष्ट्रिक्ट गभर्नर ध्रुव थापाले लायन्समा केही विकृति भित्रिन थालेको हो कि भन्दै चिन्ता प्रकट गरे । उनले लायन्स जस्तो सामाजिक क्षेत्रमा बसेर काम गर्दा नो भोट बढ्नुलाई सकारात्मक रुपमा लिन नसकिने भन्दै यस विषयलाई गम्भीर रुपमा लिएर र आफ्ना त्रुटिहरुलाई सच्याएर अघि बढ्न सुझाव दिए । 
कार्यक्रममा पाष्ट डिष्ट्रिक्ट गभर्नर युक्त प्रसाद श्रेष्ठ, पिएसीसी प्रेमबहादुर श्रेष्ठ, राजन लम्साल,  पाष्ट मल्टिपल काउन्सिल चियर पर्सन दीपक श्रेष्ठ, डिष्ट्रिक्ट सेक्रेटरी विश्वेश्वर आचार्य, महाधिवेशन मूल आयोजक समितिका संयोजक दिनवन्दु पौडेल लगायतले नयाँ पदाधिकारीहरुलाई शुभकामना दिएका थिए ।
नयाँ पदाधिकारी चयनका लागि निर्वाचन समितिमा योगेन्द्र प्रधान, गिरीधारी शर्मा, अर्जुन बञ्जरा, महेन्द्र पौडेल, मन रोक्का, चण्डिराज अर्याल रहेका थिए । 


यसअघि महाधिवेशनको उद्घाटन गर्दै लायन्सका अन्तर्राष्ट्रिय डाइरेक्टर जि.एस. होराले विश्वका लायन्सहरुको ध्यान नेपालमा केन्द्रित हुन थालेको भन्दै विगतका भन्दा पनि उत्कृष्ट काम गरेर अघि बढ्न नेपालका लायनहरुले उनले आग्रह गरे । नेपाली र हिन्दी दुवै भाषामा बोलेका होराले भने–‘नेपालका लायन्सहरुले गरेको कार्य विश्वकै उत्कृष्ट छ । यसमा भनिरहनु पर्ने कुरा केही छैन तर अगामी दिनमा पनि सक्रियपूर्वक लाग्न आग्रह गर्दछु ।’
उनले लायन्सहरु अब आर्थिक क्रान्तितर्फ पनि उन्मुख हुनुपर्नेमा जोड दिए । उनले भने–‘लायन्सले सामाजिक र मानवीय सेवा धेरै गर्यो । यसलाई पनि निरन्तरता दिंदै अब आर्थिक क्रान्तिर्फ ध्यान पुर्याउन जरुरी छ ।’
अर्का अन्तर्राष्ट्रिय डाइरेक्टर सञ्जय खेतानले नेपालका सबै लायन्सहरुले उत्कृष्ट कार्य गरेको बताए । उनले नेपालका लायन्सहरु विश्वकै उत्कृष्ट भएको भन्दै अन्तर्राष्ट्रिय लायन्सको ध्यान समेत नेपालमा केन्द्रित भएको स्पष्ट पारे । 
वरिष्ठ उद्योगपति विनोद चौधरीले विश्वका कैयौं मुलुक विकासको चरम उत्कृर्षमा पुगिसकेको भन्दै नेपालको आर्थिक विकासमा पनि लायन्सले ध्यान पुर्याउनुपर्नेमा जोड दिए । उनले भने–‘भूकम्पले  क्षतिग्रस्त नेपालको भौतिक संरचना पुनः निर्माणमा लायन्स तथा समग ्र क्षेत्रको ध्यान जान आवश्यक छ ।’
कार्यक्रममा मल्टिपल काउन्सिल चियर पर्सन रमेश अग्रवालले सामाजिक एवं मानवीय सेवामा नेपालीको मन अत्यन्तै ठूलो रहेको भन्दै अब सेवामात्र होइन मुलुकको आर्थिक संवृद्धितर्फ पनि ध्यान पु¥याउनुपर्नेमा जोड दिए । 
कार्यक्रममा डिष्ट्रिक्ट बी १ का गभर्नर ध्रुव थापाले सबैको सहयोगले आफ्नो कार्यकालमा धेरै काम गर्न सफल भएको भन्दै सबैमा धन्यवाद ज्ञापन गरे । 
कार्यक्रममा डिष्ट्रिक्ट ए २ का गभर्नर रुद्रहरि ज्ञवाली, बी २ का गभर्नर डि.के. ढुंगाना, लियोका डिष्ट्रिक्ट प्रिसिडेन्ट अशोक पौडेल, डिष्ट्रिक्ट बी १ का प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटी, डिष्ट्रिक्ट सेक्रेटरी विश्वेश्वर आचार्य, महाविधेशन मूल आयोजक समितिका संयोजक दिनवन्धु पौडेल, सह–संयोजक सुचित्रा थापा, सचिव किरोशर बराल, सदस्य प्रीति श्रेष्ठ लगायतले लायन्स गतिविधिमाथि प्रकाश परेका थिए । कार्यक्रममा लायन वर्ष २०१५/०१६ मा उत्कृष्ट सेवा गर्नेहरुलाई समेत सम्मान गरिएको थियो । 

Post a Comment

 
Top