0
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालले युवा पत्रकार हरि पन्तलाई ‘लायन्स वेष्ट जर्नालिष्ट अफ दी
इयर’ घोषित गर्दै सम्मान एवं पुरस्कृत गरेको छ । शनिबार पोखरामा सम्पन्न लायन्सको चौथो डिष्ट्रिक्ट कन्भेन्समा गोल्डेन न्यूज दैनिकमा कार्यरत पत्रकार हरि पन्तलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । पुरस्कारको राशि २५ हजार रुपैयाँका साथै सम्मानपत्र र दोसल्ला रहेको छ । उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि एवं लायन्सका अन्तर्राष्ट्रिय डाईरेक्टर जीएस होरा, नेपालका वरिष्ठ उद्योगपति विनोद चौधरी र डिष्ट्रिक्ट गभर्नर ध्रुव थापाले संयुक्त रुपमा प्रदान गरेका थिए ।  लायन्सका गतिविधिलाई समाचार मार्फत प्रचार–प्रसार गरि समग्र लायनवादको गरिमालाई उच्च राख्न पु¥याएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै पत्रकार पन्तलाई सम्मान गरिएको हो । 
उक्त अवसरमा समाजिक क्षेत्रमा उल्लेखनीय पु¥याएको भन्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा र लायन्सको गतिविधिमा महत्वपूर्ण सहयोग गरेकोमा नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहाललाई समेत सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो । 

पत्रकार पन्त पोखरामा रहेर १ दशकदेखि पत्रकारिता गर्दै आइरहेका छन् । उनी यसअघि लायन्स क्लव अफ पोखरा पिस चौतारीद्वारा पनि पुरस्कृत एवं सम्मानित हुनुका साथै अन्य संघ–संस्थाबाट सम्मानित भैसकेका छन् । धादिङ निवासी पत्रकार पन्त धादिङ पत्रकार समाज पोखराका सचिव, धादिङ–पोखरा सम्पर्क समिति आगिन्चोक इकाइका अध्यक्ष समेत हुन् । उनी करिब १ दर्जन सामाजिक एवं साहित्यिक संघसंस्थामा आवद्ध छन् ।

Post a Comment

 
Top