0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्ला फुटवल संघले आयोजना गर्न लागेको पांचौ संस्करणको मनकामना केबुलकार पोखरा कप २०७२ लाई लुम्बिनी नेट र एविसी टेलिभिजनले साथ दिने भएको छ । आगामी चैत्र ३० देखि वैशाख ११ गते सम्म पोखरा रंगशालामा आयोजना हुने फुटवल प्रतियोगितालाई पोखराको महेन्द्र पुलमा रहेको लुम्बिनी नेट र एबिसी टेलिभिजनले सहयोग गर्ने भएको हो । आयोजक कास्की जिल्ला फुटवल संगले लुम्बिनी नेट र एबिसी टेलिभिजन संग मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरी प्रतियोगितालाई सफल बनाउनका लागी सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन । मंगलबार पोखरा रंगशालामा आयोजक कास्की जिल्ला फुटवल संघका अध्यक्ष धरम बहादुर लामिछाने संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक मिलन गुरुङ र एबिसी टेलिभिजनका पश्चिमाञ्चल ब्युरो प्रमुख एम बी आस्था र लुम्बिनी नेट प्रा. लि. पश्चिमाञ्चल प्रमुख युसफ श्रेष्ठ बीच सम्झैता पत्रमा हस्ताक्षर गरी प्रतियोगितालाई सफल वनाउने प्रतिवद्धता समेत ब्यक्त गरेका छन । सम्झौता पत्रमा हस्ताक्षर गर्दै लुम्बिनी नेट पश्चिमाञ्चल प्रमुख युसफ श्रेष्ठले कास्की जिल्ला फुटवल संघले फुटवल खेलको बिकासमा काम गर्दै आइरहेको र प्रतियोगितामा आफ्नो कम्पनीबाट सहयोग गर्न पाउँदा खुसी लागेको वताए । प्रतियोगिता अवधिभर दर्शकहरुलाई निशुल्क इन्टरनेट प्रदान गर्नका लागी आफुले लुम्बिनी नेटबाट सहयोग गर्ने समेत श्रेष्ठले वताए ।
त्यस्तै एबिसी टेलिभिजन पश्चिमाञ्चल प्रमुख एमबी आस्थाले गाउँशहर दुनिया ब्युझाउने अभियानमा अगाडि बढेको एबिसी टेलिभिजनले पोखराको फुटवलको बिकासमा लागेको कास्की जिल्ला फुटवल संघसंग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उक्त अवसरमा वोल्दै प्रतियोगिता संयोजक मिलन गुरुङले लुम्बिनी नेट र एबिसी टेलिभिजन संगको सहकार्यले प्रतियोगितालाई सफल बनाउनलाई थप टेवा पुग्ने वताए । आगमी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन गुरुङले आग्रह गरे । त्यस्तै कास्की जिल्ला फुटवल संघका अध्यक्ष धरम बहादुर लामिछानेले पांचौ संस्करणको प्रतियोगितालाई सफल बनाउन लुम्बिनी नेट र एबिसी टेलिभिजनको सहकार्यले थप मदत पुग्ने वताए । चैत्र ३० देखि वैशाख ११ गते सम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा १२ टीमको सहमागिता रहने छ ।



Post a Comment

 
Top