गोल्डेन न्यूज संवाददाता
लक्ष्मी हुण्डाइ मनाङमस्र्याङदी क्लव पाँचौ पोखरा कपको सेमिफाईनल प्रबेश गरेको छ । पोखरा रंगशालामा आइतबार सम्पन्ने खेलमा रमपम झापा ११ लाई १–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । खेलको अतिरिक्त समयमा विश्वास श्रेष्ठले गरेको एक मात्र गोलनै निर्णायक बन्न पुग्यो । अन्तिम समयमा सम्हालिन नसक्दा झापा प्रतियोगिताबाट वाहिरियो । श्रेष्ठ आजको खेलको म्यान अफ दि म्याच घोषित भए । पोखरा कपमा दोस्रो र तेस्रो संस्करणको विजेता मनाङले फाईनल प्रवेशको लागि बैशाख ८ गते सशस्त्र प्रहरीको एपिएफ क्लबसँग खेल्नेछ । मनकापमना पोखरा कप अन्तर्गत सोमबार थ्री स्टार क्लव र त्रिभुवन आर्मी क्लव विच खेल हुने छ । मनाङले गत माघमा पोखरा रंगशालामै सम्पन्न १४ औं आहा रारा गोल्डकपको उपाधि समेत जितेको थियो । तीन महिना अघि सम्पन्न खेलमा झापा ११ लाई ४–० ले हराएको मनाङ जीत दोहो¥याउन सफल भएको हो । खेल सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदीका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले आइतबारको खेलमा मनाङको खेलाडीले रणनीति अनुसार खेल प्रस्तुत नगरेको वताए । खेलको शुरुको ७ मिनेटको अवधिमा अवसर पाउँदा पनि गुमाउनुपर्दा सोचेजस्तो खेल हुन नसकेको उनको भनाइ रहेको थियो । आइतबारको खेलबाट आफु सन्तुष्ट नभएको समेत गुरुङले वताए । त्यस्तै रमपम झापा एघार का क्याप्टेन प्रभेष कटवालले आफ्नो खेलाडीको गल्तीका कारण आजको खेलमा पराजित हुनु परेको वताए । आफ्नो टीमले गोल गर्ने प्रसस्त अवसर पाउदा पनि गोल गर्न नसक्नु झापाको लागी दुर्भाग्य भएको उनले वताए । प्रतियोगिताको फाईनल खेल बैशाख ११ गते हुनेछ ।
Post a Comment