गोल्डेन न्यूज संवाददाता
नेपाल उच्च पहाडी मुलुक भएको हुँदा प्याराग्लाइडिङ सञ्चालनका लागि धेरै उपयुक्त ठाउँहरु छन् । नेपाल सुन्दर मुलुक भएको हुँदा प्याराग्लाइडिङ उडाउन सुन्दर ठाउँको खोजी गर्न समस्या नभएको महानिर्देशक गौतमको तर्क छ । गौतमले पोखरा उपत्यकाभित्र बेगनास क्षेत्रमा प्याराग्लाइडिङ उडाउन सकिने सम्भावना रहेको बताए । सराङकोटको विकल्पमा पोखरा नजिकै रहेका उत्तरी बेल्टहरु ल्वाङघलेल, रिवान, अर्मला, ग्रिनवाल, सौर्यपाखा लगायतका ठाउँमा प्याराग्लाइडिङ उडाउन सकिने सम्भवना रहेको छ । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम भन्छन्–यसबारे अध्ययन भइसकेको छैन । अहिले पोखराको सराङकोट सँगसँगै कास्कीको ढिकीडाँडा, तोरीपानी, तनहुँको बन्दीपुर, स्याङ्जाको सिरकोट, पाल्पा, सुर्खेत, ललितपुर र भेडेटार(धरान लगायतका ठाउँहरुमा व्यवसायिक प्याराग्लाइडिङ उडान सुरु भएको छ । अन्य धेरै जिल्लाहरुमा पनि प्याराग्लाइडिङको परीक्षण उडान भइसकेको छ । पोखरामा प्याराग्लाइडिङ रोकिए पनि उडाउनका लागि धेरै ठाउँहरु भएको हुँदा व्यवसायीलाई कुनै मर्का नपर्ने नियामक निकायको दाबी छ ।
पोखराको पर्यटन के हुन्छ ?
दुई दशकदेखि पोखरामा प्याराग्लाइडिङ उडान हुँदै आएको छ । २० वर्षको दौरानमा प्याराग्लाइडिङ गराउने कम्पनीको संख्या ६५ पुगिसकेको छ । यी कम्पनीले पूर्ण क्षमतामा उडाउने हो भने दैनिक ५ सय जनालाई सेवा दिन सक्छन् । तर, पर्यटक कम हुँदा दैनिक सय जनालाई प्याराग्लाइडिङ गराउन सकेको दवाडीको भनाइ छ । पोखरामा निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थल बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि हो । खासगरी यसबाट चिनियाँ र भारतीय नागरिक भित्र्याउने लक्ष्य राखिएको छ । पोखरामा चिनियाँ नागरिक आउने भनेको प्याराग्लाइडिङ, अल्ट्रालाइट, जीप, बञ्जी लगायतका साहसिक खेलको मजा लिनका लागि हो । यदि पोखराबाट प्याराग्लाइडिङ सिफ्ट भएमा चिनियाँ पर्यटकको पोखरा आकर्षण घट्न सक्ने चिन्ता पर्यटन व्यवसायीको छ । चीनबाट आउने कुल पर्यटकमध्ये ७० प्रतिशत प्याराग्लाइडिङ गर्न आउने गरेको संघका महासचिव दवाडी बताउँछन् । प्याराग्लाइडिङ संख्या बढ्दा सराङकोटको आकाशसमेत साँघुरिएको छ । एकै पटकमा धेरै प्याराग्लाइडिङ उडान हुँदा आकाशमा ट्राफिक जाम भई दुर्घटना बढ्ने सम्भावना बढी देखिन्छ ।
यसै पनि प्याराग्लाइडिङका लागि अर्को उपयुक्त ठाउँको आवश्यकता देखिसकेको छ । तर, यसका लागि नियामक निकायले ध्यान नदिएको आरोप लगाउँछन्, प्याराग्लाइडिङ व्यावसायी । प्याराग्लाइडिङले पोखरा आउने पर्यटकको बसाइसमेत बढाउन सहयोग पु¥याइरहेका छन् । पोखरामा साहसिक हवाइ खेलकुदको विकासमा पनि प्याराग्लाइडिङको भूमिका छ । अल्ट्रालाइट, जीप फ्लाई र बञ्जीजम्प धेरै पछाडि आएका हुन् ।
Post a Comment