0
प्रमुख  सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सबै सरकारी तथा गैरसरकारी कार्यालयबाट सूचना पाउनु सबै नागरिकको नैसर्गिक अधिकार भएको बताएका छन् । राष्ट्रिय सूचना आयोग स्थापनाको आठौँ वर्ष पुगेका उपलक्ष्यमा पोखरामा शुक्रबार आयोजित सूचनाको हक कार्यान्वयनसम्बन्धी क्षेत्रीयस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले मागे अनुसारको सूचना दिन आलटाल गर्ने र  दिन नचाहनेलाई कारबाही समेत गरिने भनी सचेत गराए । सूचना माग्दा दिन नचाहने थुप्रै राष्ट्रसेवक  कर्मचारी कारबाहीमा परेको उदाहरण पेस गर्दै बाँस्कोटाले  सूचना दिँदैमा आफूलाई केही हुन्छ कि भनेर डराउनु नपर्ने बताए ।  सूचना आयुक्त यशोदा तिम्सिनाले सबै कार्यालयको कामकारबाहीको सूचना पाउने हक सबै नागरिकमा रहेको बताए । पश्चिमाञ्चलका क्षेत्रीय सहप्रशासक दिवाकर बाँस्कोटाले मागेको सूचना दिन नसकेमा हाम्रो जिम्मेवारी पूरा हुन नसक्ने बताए ।कास्कीका प्रजिअ हरिप्रसाद मैनालीले जिल्लामा सूचनासम्बन्धी हकलाई प्रभावकारी बनाउन आफू प्रयासरत रहने जानकारी दिए ।









Post a Comment

 
Top