0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं. ११, फूलवारीमा रहेको प्राइम मण्टेश्वरीको पाचौं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ बिहीबार सम्पन्न भयो । कार्यक्रममा मण्टेश्वरीमा अध्ययनरत बालबालिकाहरुका लागि नृत्य, संगीत, कला र खलकूद आयोजना गरिएको थियनो । उक्त अवसरमा बालबालिकाहरुले ड्रम, पियानो बजाउनुका साथै गायन तथा मन्तव्य राखेर आ–आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । कार्यक्रममा जुम्बा डान्स, फेशन शो, भूकम्प सम्बन्धी गीति नाटक, प्रहशन बालबालिकाले प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा उपमहानगरपालिका कार्यालयका सामाजिक सेवा तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख ओमराज पौडेलले बालबालिकाको गुणस्तरीय शिक्षा लिन पाउने अधिकारलाई कुठाराघात गरि संचालन भएका मण्टेश्वरीलाई छिट्टै कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । 
यसैगरी गण्डकी बोर्डिङ स्कूल लामाचौरका प्रधानाध्यापक चेतनाथ भण्डारीले विद्यालय, विद्यार्थी र अभिभावककोे त्रिकोणात्मक सम्बन्धले नै गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिने भन्दै बालबालिकालाई असल र सफल बनाउन विद्यालय र अभिभावक दुवैको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा प्राइम मण्टेश्वरीका डाइटिसियन श्रीविद्या कायस्थले बालबालिकाका लागि स्वस्थ खान पाउने अधिकार रहेकाले यस विषयमा स्कूल तथा अभिभावक दुवै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए । बालबालिकाको अधिकारमाथि खेलवाड गर्ने जोकेही माथि कार्वाही गर्नुपर्नेमा उनले जोड दिए । अभिभावक डा. दामोदर शर्माले वालबालिकाको भविष्यप्रति प्राइम मण्टेश्वरीका साथै समग्र शैक्षिक क्षेत्र गम्भीर बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा मण्टेश्वरीका संस्थापक श्रीप्रसाद बाँस्तोलालृ उत्कृष्ट विद्यार्थीहरु, उत्कृष्ट वर्ष शिक्षिका सुजु पूर्जा र हिता गुरुङलाई अर्वाड प्रदान गरेका थिए । विद्यालयकी प्रिन्सिपल सृजना बाँँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा मण्टेश्वरीका लेखा अधिकृत जुनु महर्जन, कार्यक्रम संयोजक शुष्मा राना, शिक्षिका हिता गुरुङ लगायतले पनि बोलेका थिए ।

Post a Comment

 
Top