0
विमान दुर्घटनामा परि निधन भएका मुक्तिनाथ बाँस्तोलाका परिवारलाई कमल पोखरी बचत तथा ऋण सहकारीले आर्थिक सहयोग गरेको छ । बाँस्तोलाकी धर्मपत्नी सरस्वती बाँस्तोला शान्ति सहकारीका शेयर सदस्य हुन् ।  संस्थाको कल्याणकारी कोषबाट बाँस्तोलाको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गरिएको संस्थाका सदस्य शिरोमणि बरालले जानकार दिए । उक्त रकम संस्थाका सल्लाहकार समेत रहेका स्व. बाँस्तोलाका भाइ टुवराज बाँस्तोलालाई अध्यक्ष रामबहादुर कार्कीले हस्तान्तरण गरेका थिए ।  संस्थाले विपद्मा परेका आफ्ना शेयर सदस्यहरुलाई सहयोग गर्नका लागि गतवर्षबाट कल्याणकारी कोष स्थापना गरेको थियो । कोषबाट यस किसिमको सहयोग पहिलो पटक स्व. बाँस्तोलाको परिवारलाई प्रदान गरिएको हो । 
सहयोग हस्तान्तरण एवं स्व. बाँस्तोलाको परिवारप्रति समवेदना प्रकट गर्न आइतबार संस्थाका अध्यक्ष रामबहादुर कार्की, प्रवन्ध संचालक गोविन्द प्रसाद आचार्य, पूर्व अध्यक्ष तारा बराल, माधव प्रसाद आचार्य, माधव प्रसाद बाँस्तोला, रमाकान्त सिग्देल, टीकादेवी बराल, शिव बराल सहितको टोली बाँस्तोला निवास फूलवारी पुगेको थियो ।











Post a Comment

 
Top