0
गोल्डेन न्यूज संवाददाता
रेडियो जननीको दोस्रो वार्षिकोत्सव समारोहको तयारी अन्तिम चरणमा पुगेको छ । रेडियोले १०६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन फागुन २५ गते मंगलबार आफ्नो दोस्रो वार्षिकोत्सव एवम् जननी अवार्ड २०७२ र जननी सम्मान २०७२ र जननी दोस्रो उद्यमी आवाज स्मारिका विमोचन गर्दैछ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको रेडियोले आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।  दोस्रोे वार्षिकोत्सवको अवसरमा रेडियोले पोखराका २९ वटै वडाका क्रियाशिल महिलाहरुको समूहमध्ये उत्कृष्ट ३ वटा समुहलाई जननी अवार्ड–२०७२ बाट सम्मान गर्दैछ । यस्तै विभिन्न क्षेत्रमा सक्रिय रुपमा कार्यरत रहि विशिष्ट योगदान पु¥याएका महिलाहरुलाई जननी सम्मान–२०७२ बाट सम्मान गरिनेछ । यस अन्तर्गत शिक्षा, स्वास्थ्य, पर्यटन, सहकारी, सामाजिक क्षेत्र, कृषि, साहित्य तथा संगित, विज्ञान तथा प्रविधी, उद्यमशिलता, महिला तथा बालबालिका, अपाङ्गता क्षेत्रमा योगदान पु¥याएका महिलाहरुलाई सम्मान गर्न लागिएको रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिइन। कार्यक्रमले महिलाहरुलाई सामाजिक गतिविधिमा अझ सक्रिय रुपमा अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरिन् । यस्तै २०७१ सालमा जननी अवार्डबाट सम्मानित ३ वटा महिला समुह मध्ये उद्यमशीलतामा उत्कृष्ट कार्य गरी हस्तकला उद्योग समेत स्थापना गरेको नमुना हस्तकला उद्योग मालेपाटन ५ लाई पद्मावती हस्तकला उद्योग राष्ट्रबैङचोक पोखराबाट पद्मावती अवार्ड प्रदान गरिने पनि अध्यक्ष भट्टराईले जानकारी दिइन ।
यसैगरि महिला उद्यमीहरुको आवाजसँगै रेडियो जननी प्रति शुभेच्छुक÷शुभचिन्तक र श्रोताको भनाईलाई समेटेर “जननी दोस्रो उद्यमी आवाज” स्मारिका २०७२ पनि रेडियोले समेत प्रकाशन गर्दैछ । जननी अवार्ड र जननी सम्मान कार्यक्रमलाई काष्टर नेपाल प्रालिले प्रायोजन गरेको छ । पत्रकार सम्मेलनमा रेडियो जननीका स्टेशन म्यानेजर तथा वार्षिकोत्सव कार्यक्रमका संयोजक विमला भण्डारीले समाजमा उद्यमशिलता लाई अगाडि बढाउने र फरक खालको भूमिका निर्वाह गर्ने  बताइन । कार्यक्रम सम्पन्न गर्नका लागि रेडियो जननीका स्टेशन म्यानेजर विमला भण्डारीको संयोजकत्वमा वार्षिकोत्सव मूल समारोह समिति गठन गरिएको छ । कार्यक्रम व्यवस्थापन संयोजकमा निर्देशक हसिना बस्नेत, अर्थ संयोजकमा अनिशा श्रेष्ठ, प्रचार–प्रसार संयोजक मिना राना, समूह परिचालन तथा व्यवस्थापन संयोजक शोभा भण्डारी, मञ्च व्यवस्थापन संयोजक सुनिता सुनार, अतिथि सत्कार संयोजकमा गंगा मरासिनी र प्राविधिक संयोजकमा रिमा शाहीलाई चयन गरिएको छ । 
“जननी अवार्ड २०७२” का लागि टोल विकास संस्था नगर समन्वय समिति, पोखराका अध्यक्ष उज्जवल खत्रीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ । समितिमा पोखरा उप–महानगरपालिकाका कार्यक्रम अधिकृत दुर्गा न्यौपाने र पोखरा उपमहानगरपालिका वडा नं ९ का सचिव लोकदर्शन कोइराला रहेका सदस्य रहेका छन् । जननी सम्मानका लागि वरिष्ठ पत्रकार नारायण कार्की र पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिपक श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय छनोट समिति गठन गरिएको छ ।

Post a Comment

 
Top