0
गोल्डेन न्यूज संवाददाता
पोखराको नयाँबजारमा जारी राष्टिूय औद्योगिक व्यापार मेलामा समावेश भएका साँस्कृतिक कार्यक्रमप्रतिको दर्शक क्रेज बढ्दै गएको छ । मेलामा समावेश भएको अन्तर उद्योग वाणिज्य संघ लोकदोहोरी प्रतियोगिताका क्वार्र्टर फाइनलबाट माथि उक्लदै गर्दा तथा खुल्ला नृत्य प्रतियोगिता पनि अघिल्लो चरणमा प्रवेश गर्दा भएको प्रतिष्पर्धाले गर्दा सहभागिहरु साँस्कृतिक कार्यक्रमतर्फ आकर्षित भएका हुन् ।  हो अहिले साँस्कृतिक कार्यक्रमले गति लिएको छ’,संघका महासचिव रवीन्द्रबहादुर प्रजुले भने,‘  प्रतिष्पर्धा साँघुरिदा यस्तो हुनु स्वभाविक हो ।’ सास्कृतिक उपसमिति संयोजक मोहनबाबु खड्काका अनुसार चाचन समूहले उत्कृष्ट नृत्य गर्नेलाई दिने ५ र २० किलोग्राम चामल उपहार, गृहलक्ष्मी ग्याँसको भरिएको सिलिण्डर तथा अन्य उपहार प्रदान गरिने भएकोले पनि साँस्कृतिक कार्यक्रमको रौनक बढेको हो । राम्र्रा कलाकारबाट उत्कृष्ट गीत संगीत सुन्नेहरु बढ्दै गएको बताउँदै उनले अबका दिनमा यो संख्या अझ उकालो लाग्ने आशा व्यक्त गरे । 
यता, बुधबार भएको अन्तर उद्योग वाणिज्य संघ लोकदोहोरी प्रतियोगितामा बुटबल र पोखरा विजयी भएका छन् । साँस्कृतिक उपसमिति संयोजक मोहनबाबु खड्काका अनुसार बुटवलले दाङलाई पराजीत गरेको हो भने पोखराले धादिङलाई । विहीबार प्रतियोगिता अन्तर्गतको अन्तिम क्वार्टर फाइनल समावेश हुने साँस्कृतिक उपसमितिका सदस्य जीवन दाहालले जनाए । उनका अनुुसार विहीबार पाल्पा र बाग्लुङ तथा  वालिङबीच प्रतिष्पर्धा हुनेछ । 
 मेला अन्तर्गत दैनिक प्रवेश टिकटमा राखिएको कलर्स मोवाइलको पुरस्कार फागुन २२ गते टिकट नम्बर २०४३ लाई, फागुन २३ गते १५५७ नम्बर तथा फागुन २४ गते २८६४ नम्बरको टिकटले प्राप्त गरेको टिकट व्यवस्थापन उपसमितिका संयोजक अमितराज मुल्मीले जनाए । 
 मेलामा बुधबार अन्य दिनको भन्दा बढी चहलपहल भयो । बुधबारसम्ममा करीब ९०  हजार अवलोकनकर्ता मेलामा प्रवेश गरे भने कारोवार ३ करोड ७५ लाखबाट उकालो आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव तथा प्रचारप्रसार उपसमिति संयोजक रवीन्द्रबहादुर प्रजुले जनाए । मेलामा बुधबार लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने,प्रिति आले,सीता केसी, जुना क्षेत्री, प्रकास सपुत,प्रजापति पराजुली, शंकरबिरही गुरुङ,जीवन दाहाल, राजन कार्की,शिवहरि ढुंगाना लगायतका कलाकारको सहभागिता रहनेछ भने हाँस्यव्यङ्ग्यतर्फ मुलाको सागले पेट मिचिमिची हसाउने छन् । पपतर्फईन्दिरा जोशी,सन्तोष बस्याल र कालिप्रसाद बास्कोटाको प्रस्तुति रहनेछ भने खुल्ला नृत्य प्रतियोगिता एवं  आकर्षक नृत्यहरुपनि महोत्सवका आकर्षण हुनेछन् । 
यसैबिच पोखरा उद्योग वाणिज्य संघले बुधबार पोखरामा आयोजना गरेको विजनेस आवरमा बोल्ने वक्ताहरुले आर्थिक उन्नतिको लागि नेपाल अत्यन्त संभावनायुक्त देश भएको जनाउँदै अब आर्थिक उन्नतिमा सबैले जोड दिनुपर्ने बताएका हुन् । 
 लगानीको सम्वद्र्धन उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नारासहित संघले आयोजना गरिरहेको राष्टिूय औद्योगिक व्यापार मेलाको अवसरमा आर्थिक एजेण्डाहरुमा केन्द्रित रहेर गरिएको विचारमूलक बहस कार्यक्रममा राष्टिूय योजना आयोगका पूर्व सदस्य डा. स्वर्णीम वाग्ले, अर्थशास्त्री डा.गोविन्दबहादुर थापा र पर्यटनवीद बच्चुराम श्रेष्ठ सहभागि थिए । 



Post a Comment

 
Top