0
नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार गगन थापाले आफूलाई मत दिने तथा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।साथै उनले नवनिर्वाचन सभापति, महामन्त्री र कोषाध्यक्षलाई बधाई दिएका छन् । कांग्रेसको  महाधिवेशनमा युवा नेता गगन महामन्त्रीमा उम्मेदवार थिए । तर, तेस्रो भए । बीपी पुत्र शशांक कोइराला कांग्रेसको महामन्त्रीमा निर्वाचित भएका छन् । महामन्त्री निर्वाचनको मत परिणाम सार्वजनिक भएको भोलिपल्ट बुधबार विज्ञप्ति निकालेर गगनले नवनिर्वाचन पदाधिकारीहरुलाई बधाईका साथै सफल कार्यकालका लागि शुभकामना दिएका छन् । उनले भनेका छन्, ‘कांग्रेसलाई सबैको कांग्रेस बनाउने गरुत्तोर जिम्मेवारी निर्वाचित पदाधिकारीको कााधमा आएको छ । सबैको भावना समेटी पार्टीलाई गतिशील रुपमा अगाडि बढाउनु हुनेछ भन्ने विश्वास लिएको छु । महाधिवेशनका क्रममा आफूप्रति देखाएको स्नेह, भरोसा र मार्गदर्शनलाई आफूप्रतिको विश्वासका रुपमा लिएको उनले बताए । ‘युवा साथीहरुको साथ, अग्रजको हौसला र स्नेह मेरा निम्ति प्रेरणा र उर्जाका रुपमा रहेनेछन्ु  उनले भने । गगनले पार्टी रुपान्तरण र मुलुकको सम्वृद्धिका लागि आफूले अघि सारेको विषयहरु आगामी दिनमा अघि निरन्तर अघि बढाउने बताएका छन् ।





Post a Comment

 
Top