0
गोल्डेन न्यूज संवाददाता
पृथ्वी होटल ब्यबसायी समितिको अध्यक्षमा कमल प्रसाद न्यौपाने चयन भएका छन् । पाँचौ बार्षिक साधारण सभा तथा तस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा दुई बर्षे कार्यकालको लागि नयाँ कार्य समिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा हरि प्रसाद पाण्डे रहेका छ भने उपाध्यक्षमा सन्देश तिमिल्सना, महासचिवमा बालकृष्ण निउरे, सचिवमा महेश ज्ञवाली, कोषाध्यक्षमा अमृत घिमिरे, सह–कोषाध्यक्षमा सूर्य बहादुर तुलाचन र सदस्यहरुमा लोक प्रसाद बस्याल, शिवराज सुवेदी, ज्योति शेरचन, छिरिङ राई, ख्याम प्रसाद सुवेदी, विन्दु श्रेष्ठ, सूर्यराज मिश्र, भुवानी अधिकारी, ऋषि पौडेल कृष्ण, चक्र गौचन रहेका छन् । अ
धिवेशनको उद्घाटन कास्की प्रहरी प्रमुख घनश्याम अर्यालले गरेका थिए । उनले आफू पोखरा जागिरको लागि मात्रै नआएको भन्दै काम गर्न आएको बताए । उद्घाटन सत्र अध्यक्ष रिजन शेरचनको अध्यक्षतामा  सम्पन भएको थियो ।


Post a Comment

 
Top