0
कास्की जिल्ला, पुरञ्चौर गाविस वडा नं. १, तल्लाकोट कुसुमस्थित आँकुरा केयर भिजेलमा जडान गरिएको सोलर बत्तीको आइतवार उद्घाटन गरिएको छ । एचआइभी एड्स संक्रमित लक्ष्मी अधिकारीको संरकत्वमा रहेका संक्रमित बालबालिकालाई लोडसेडिङका कारण पठन पाठनमा कठिनाई भएको सुनेपछि पूर्व प्रधानाध्यापक, सामाजिक अभियन्ता महेस गुरुङको पहलमा सहारा युके, रामबजार सोसाईटी युकेको विशेष सहयोगसहित विभिन्न महानुभाव र संघ–संस्थाको सहयोगमा जडान गरिएको सोलर बत्तीको कुमुदिनी होम्स उच्चमाविका संस्थापक, शिक्षासेवी अशोक पालिखे र सहारा क्लव पोखराका अध्यक्ष बीरभद्र आचार्यले संयुक्त रुपमा स्वीच अन गरेर सोलर बत्तीको उद्घाटन गरेका हुन् । 
आँकुरा केयर भिजेलमा सोलर बत्ती र संक्रमित बालबालिकालाई दूधका लागि दुहुना भैसीको अत्यावश्यक रहेको भिलेजकी लक्ष्मी अधिकारीले बताएपछि सामाजिक अभियन्ता महेश गुरुङले आफैबाट सहयोग संकलन अभियान शुरु गर्देै भिलेजमा आवाश्यक नौ वटा वल्व बल्ने सोलार बत्ती जडान र मोवाईल चार्ज गर्न मिल्ने व्यवस्था गरिएको छ ।
सोलार बत्तीको शुभारम्भ गर्दै शिक्षासेवी अशोक पालिखेले आफ्नो तर्फबाट संक्रमित बालबालिकाका लागि सक्दो सहयोग गर्ने बताए । उनकै पहलमा कुबेरा फाउण्डेशन द्वारा छात्रवृत्ति मार्फत गतवर्षदेखि तीनवर्षका लागि उक्त बालबालिका को बोर्डिङ स्कुल अध्ययनको बर्षभरको शुल्क, शैक्षिक सामग्रीको सहयोग भइरहेको छ भने यस अघि संक्रमित बालबालिका अध्ययन गर्ने हिमालय प्राविको शैक्षिक, भौतिक विकासका लागि लाखौं सहयोगको व्यवस्था गरिदिएका थिए। 
सहारा क्लवका अध्यक्ष बीरभद्र आचार्यले सिद्धि सेतुली पुरस्कारबाट सम्मानित दुवै संस्था आँकुरा केयर भिलेज र सहारा क्लव साइनो गाँसिएको बताउँदै संक्रमित लक्ष्मी अधिकारी, आँकुरा केयर भिलेज र संक्रमित बालबालिकाको समस्याहरु पोखरेली धेरैलाई जानकारी भएको बताए । उनले संक्रमितको अधिकार र उनीहरुको आवाश्यक व्यवस्थापनका लागि सरकारले विशेष कार्यक्रम तय गर्नुपर्नेमा जोड दिए । आँकुरा केयर भिलेजकी लक्ष्मी अधिकारीले छरछिमेकमा धेरैको घरमा सोलार बत्ती बल्थ्यो, लोडसेडिङको समस्याले आफ्नो बालबालिकाले पढ्न समस्या भइरहेकोमा संक्रमितको बासमा अत्यावश्यक सोलार वत्ती झलल बल्दा आफूहरुको मनोकामना पुरा भएको बताइन । 
उनले संक्रमितलाई अझै पनि समाजमा स्विकार्न गाह्रो छ, अहिले म ठिकै हुँदा जसोतसो ६ जनाको जीवन गुजारा चलिरहेको छ, पछि के गर्ने भन्दै लक्ष्मीले चिन्ता व्यक्त गरिन् । ४०  वटा बाख्रा पालन गरेकी संक्रमित अधिकारीले बाख्राको खोरलाई व्यवस्थित गर्नुपर्ने भए पनि आर्थिक अभावले व्यवस्थित गर्न नसकेको दुखेसो गरिन् । भिलेजमा रहेका संक्रमित एक बालकले अत्यन्तै खुशी हुँदै, सोलार बत्ती जडानले रमाइलो भएको, पढ्न होमओर्क गर्न सहज भएको, खाना पकाउन सहयोग पुगेको बताएका थिए । अभियन्ता महेश गुरुङले संक्रमित लक्ष्मी अधिकारीको वास्तविक पीडाबोध भएकै कारण आफूबाटै सहयोग गर्ने अभियानको थालनी गर्दा साहारा युके, रामबजार सोसाईटी युके लगायत नेपाल तथा विदेशमा रहेका अन्य संस्था र साथीहरुबाट राम्रो सहयोग भएको स्पष्ट पारे । 
आँकुरा केयर भिजेलमा अत्यावश्यक रहेको सोलार बत्ती र दुहुना भैसीका लागि लाग्ने रकम करिब १ लाख ३० हजार रुपैयाँ खर्च सहयोग अभियानको क्रममा जुुटिसकेको अभियन्ता महेस गुरुङले जानकारी दिए। सोलार बत्ती उद्घाटनका लागि आँकुरा केयर भिलेजमा अभियन्ता पुगेका महेश गुरुङ र शिक्षासेवी अशोक पालिखेका धर्मपत्नी समाजसेवीहरु रीता गुरुङ र मीना पालिखेले लत्ता कपडा र फलपूmल वितरण गरेका थिए । आँकुरा भिलेजमा कक्षा पाँचमा अध्ययनरत तीन जना र कक्षा युकेजीमा अध्ययनरत एक जना गरी दुई बालक दुईबालिका आश्रित छन् ।









Post a Comment

 
Top