0
गोल्डेन न्यूज संवाददाता
पोखरामा प्याराग्लाइडिङको प्रि–वल्र्डकप प्रतियोगिता सुरु भएसंगै गत शनिबारदेखि मौसममा खराबी हँुदै आए पनि बुधबार प्रतियोगिता को अवधिमा भने समयले साथ दिएको छ । प्रतियोगिता सुरु हुनुपूर्व बिहानदेखि राम्रो मौसम खुलेको थिएन भने प्रतियोगिताको अवधिमा करिब ४÷५ घण्टा मौसमले पुरा साथ दिंदा टाक्सको तेश्रो दिन अर्थात बुधबारको खेलमा निर्धारित ६१ किलोमिटरको निर्र्धािरत दुरी 
(टाक्स) पुरा गर्न सफल भएको प्रतियोगिताका प्राविधिक संयोजक रविन गुरुङले बताए ।
बुधबार करीब ५ः३० बजेपछि पोखरा क्षेत्रमा हल्का हावा हुरीसंगै पानी परेको थियो । गत शनिबार देखि सुरु भएको प्रतियोगितामा मौसमले साथ नदिंदा अंक जोडिने गरी भएको प्रतियोगिताको पहिलो दिन बीचमै टाक्स घटाउनु पर्यो त्यसै गरी दोश्रो दिन स्थगित र तेश्रो दिन मंगलबार बीचमै टाक्स घटाउनु पर्यो र चौथो दिन मात्र मौसमले पुरै साथ दिएकोले तोकिएको ६१ किलोमिटरको दुरी सकिदासम्म मौसममा कुनै समस्या नआए पछि प्रतियोगीहरुले तोकेको स्थानमा सुरक्षित अवतरण गर्न सफल भएको आयोजक हवाई खेलकुद संस्था ना का अध्यक्ष योगेश भट्टराईले बताए ।
बुधबार पुरा टाक्स भएकोले वल्र्ड कपको लागि आवश्यक पर्ने न्युनतम तीन दीनको टाक्स पुरा भएको उनले बताए । फागुन २२ गतेलाई रिवर्ज डेको रुपमा राखिएकोले अबको अवस्थामा शनिबारको दिन प्रतियोगिताको लागि आवश्यक नपरेको समेत उनले जनाए । बुधबार मध्यान्हः १२ः४५ बजे सराङ्कोटबाट उडान सुरु भएको प्रतियोगिता सराङ्कोट तोरीपानी लगायतको क्षेत्रमा दुरी निर्धारण गरिएको थियो । प्रतियोगीहरुलाई ३ः४५ बजेभित्रमा उक्त टाक्स पुरा गर्न प्राविधिक टोलीले समय सीमा दिएको थियो । मंगलबार हावाको चापको कारणले गर्दा फेवातालमा खसेर उद्धार गरिएका ८ जना पाईलटहरुले बुधबारको खेलमा सहभागी जनाएको प्राविधिक संयोजक गुरुङले जनाए ।
प्रतियोगिता अन्तर्गत गत आइतबार र मंगलबारको टाक्सको आधारमा आइतबारको खेलमा ईरिसका सहिन फल्लाज अग्र स्थानमा रहेका छन्। उनी दुई दिनको टाक्सको आधारमा १ हजार ४ सय ९८ अंकका साथ अग्रस्थानमा रहन सफल भएका हुन । त्यसैगरी रशियाका ग्लेव सुखोत्सकीले दुई दिनको टाक्समा १ हजार ४ सय ९३ अंक ल्याउँदै दोश्रो स्थानमा रहेका छन । महिला तर्फ भने कोरियाकी हुन् हिकिम अग्र स्थानमा रहन सफल भईन । उनले दुई दिनको टाक्समा १ हजार ४ सय १ अंक ल्याउँदै अग्रस्थाना रहन सफल भएकी हुन ।
त्यसै गरी नेपाली प्यराग्लाईडिङ पाईलटहरु मध्ये दुई दिनको टाक्समा कृष्ण सुनुवार अग्रस्थानमा रहेका छन । उनले १ हजार ४ सय २० अंक ल्याउदै नेपाली तर्फ अग्र स्थानमा रहन सफल भए । प्रतियोगिहरुको अंक ग्लोवल पोजीजनीङ सिस्टम (जिपीएस) को आधारमा हुने गर्दछ । हाल ९६ जना प्रतियोगीहरुको जिपीएस सिस्टमबाट कम्पुटरमा डाउनलोड गर्दा राति अवेरसम्म लाग्ने भएको आजको नतिजा समयमै दिन नसकिने भएको प्रतियोगिताका संयोजक कृष्ण भण्डारीले बताए ।



Post a Comment

 
Top