0
धादिङ–पोखरा सम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरुले नेपालको सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका साथै छिमेकी मुलुक भारतको केही भूभागको भ्रमण गर्ने भएका छन् । भ्रमण यहि फाल्गुन २४ गते सोमबारदेखि हुनेछ । धादिङ–पोखरा समितिद्वारा आयोजित एक हप्ते सद्भाव एवं मैत्रीपूर्ण भ्रमणमा समितिका पदाधिकारी, सदस्य, सल्लाहकार तथा अग्रजहरु सहभागी हुने बताइन्छ । कार्यक्रम संयोजक एवं समितिका कोषाध्यक्ष लालप्रसाद पाठकका अनुसार भ्रमण टोलीले नेपालको लुम्विनी, वर्दिया राष्ट्रिय निकुञ्ज, धनगढी, महेन्द्रनगरका साथै भारतको टनकपुर, नैनीताल लगायतको धार्मिक एवं पर्यटकीय क्षेत्रको अवलोकन गर्ने भएको छ । समितिको आयोजनामै समितिका पदाधिकारीहरुले २ वर्ष अघि पनि नेपालको पूर्वी भूभागका साथै भारतको दार्जीलिङ लगायतका क्षेत्रको भ्रमण गरेको गरेको थियो । उक्त भ्रमणको संयोजक केदार धमलाले गरेका थिए ।



Post a Comment

 
Top